Logo

मंगलवार, मंसिर ९ गते २०७७

आजबाट च्याम्पियन्स लिग सुरु

आजबाट च्याम्पियन्स लिग सुरु


आजबाट च्याम्पियन्स लिग सुरु

काठमाडौँ । युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबल म‌ंगलबार (आज) बाट सुरु हुँदैछ। मंगलबार बिभिन्न समुहका ८ खेल भएसंगै च्याम्पियन्स लिगको सिजन २०२०–२१ को सुरुवात हुनेछ।

लिगमा मंगलबार ४ समूहका ८ खेल हुनेछन्। च्याम्पियनस लिगको सिजनको पहिलो खेलमा इटालियन च्याम्पियन युभेन्ट्सले डाइनामो किभको सामना गर्नेछ। यस्तै क्लबवर्ग र जेइन्ट पनि सुरुवातमा आमने सामने हुनेछन्। यी दुबै खेल नेपाली समय अनुसार राति १०ः४० मा सुरुहुनेछन् भने लिगका बाँकी खेल राति अवेर हुनेछन्।

च्याम्पियन्स लिग फुटबलको पहिलो दिन पेरिस सेन्ट जर्मेन र म्यान्चेस्टर युनाइटेडको समेत खेल हुदैछ। यस्तै स्पेनिस क्लब बार्सिलोनाले पनि मंगलबारनै खेल्नेछ। प्रिमियर लिग क्लब चेल्सी र युरोपा लिग च्याम्पियन सेभिल्ला पनि पहिलो दिननै आमने सामने हुने तालिका छ। जर्मन क्लब बोरुसिया डर्टमण्ड र इटालीको लाजियोले पनि पहिलो दिननै समुह चरणको भेट पक्का गर्नेछन्।

कोरोना भाइरसको प्रभावकाबीच युरोपको प्रतिष्ठित प्रतियोगिता थोरै ढिला गरी सञ्चालन हुन लागेको हो। अघिल्लो सिजन फुटबल कोरोनाका कारण प्रभावित भएपछि युरोपेली फुटबलको सर्वोच्च निकायले यो सिजनको च्याम्पियन्स लिग ढिलागरी सुरु गरेको हो। सँधैजस्तो भएको भए यतिबेला च्याम्पियन्स लिगका समुह चरणका केही खेल सकिएका हुनेथिए।

कोरोना प्रभावकाबीच हुन लागेको च्याम्पियन्स लिगको अवको सिजन केही फरक हुनेछ। अघिल्लो सिजन कोरोनाको महामारीका कारण लिग बीचमै रोकिएपछि बाँकी रहेका खेल होम एण्ड अवेको आधारमा सञ्चालनगरेर सक्काइएको थियो, तर अब त्यस्तो हुनेछैन। सबै क्लबले सुरुवातदेखिनै होम एण्ड अवे खेल्न पाउनेछन्।

यस्तै यो सिजनको च्याम्पियन्स लिग केही रोचक पनि हुनेछ। किनकी फुटबलर क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी यो सिजनको च्याम्पियन्स लिग फुटबलको समुह चरणमा भेट हुने पक्का भएको छ। सिजन २०२०–२१ को ड्रमा बार्सिलोना र युभेन्टस एकै समुहमा परेका छन्। युभेन्ट्स र स्पेनिस ला लिगा फुटबलको यो सिजनको उपविजेता बार्सिलोना समूह ‘जी’ मा छन्।

समुह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिख र स्पेनिस महारथी एथ्लेटिको मड्रिड छन्। यी ससक्त दुइ टोलीको खेल बुधबार राति हुनेछ। समुह ‘बी’ मा रहेको स्पेनिस महारथी तथा सबैभन्दा धेरै पटक च्याम्पियन्स लिग जितेको रियल मड्रिडले पनि बुधबार रातिबाटै प्रतियोगिताको थालनि गर्नेछ।

च्याम्पियन्स लिग फुटबलको गत सिजनको विजेता जर्मन क्लब बार्यन म्युनिख हो। बार्यनले फाइनलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै उपाधि उचालेको थियो।

च्याम्पियन्स लिग कुन टिमले कतिपटक जिते
च्याम्पियन्स लिग फुटबल अहिलेसम्म सबैभन्दा धेरैपटक स्पेनिस क्लब रियल मड्रिडले जितेको छ। रियलले हालसम्म १३ पटक च्याम्पियन्स लिग जितेको छ। १६ पटक फाइनल खेलेको रियल ३ पटक उपविजेतामा सिमित भएको छ। इटालियन क्लब एसी मिलानले अहिलेसम्म ७ पटक च्याम्पियन्स लिगको उपाधि जित्दा जर्मन क्लब बार्यन म्युनिखले ६ पटक उपाधि उचालेको छ। प्रिमियर लिग क्लब लिभरपुलले ६ र स्पेनिस क्लब बार्सिलोनाले ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। स्पेनिस क्लब एथ्लेटिको मड्रिडले ३ पटक फाइनल खेल्दा पनि उपाधि उचाल्न सकेको छैन। समग्रमा स्पेनका फुटबल क्लबले १८ पटक, इङ्ल्याण्डका क्लबले १३ पटक, इटालियन क्लबले १२, जर्मन क्लबले ८ पटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन्।

च्याम्पियन्स लिग धेरै खेल्ने खेलाडी
च्याम्पियन्स लिग फुटबल इतिहासमा सबै भन्दा धेरै खेल खेल्ने खेलाडी स्पेनका गोलरक्षक इकर कासिलास हुन्। उनले प्रतियोगितामा कुल १ सय ७७ खेल खेलेका छन्। रियल मड्रिडको प्रतिनिधित्व गर्दै १ सय ५० र एफसी पोर्टोको प्रतिनिधित्व गर्दै २७ खेल खेलेका उनी च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन्। यस्दै क्रिस्टियानो रोनाल्डोले १ सय ७० खेल खेलेका छन्। रोनाल्डोले म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्ट्सबाट खेलेका छन्। त्यस्तै बार्सिलोनाका पुर्व खेलाडी जाभीले १ सय ५१ र म्यान्चेस्टर युनायटेडका रायन गिग्सले १ सय ४५, लियोनल मेस्सीले १ सय ४३ खेल खेलेका छन्।

च्याम्पियन्स लिगमा धेरै गोल गर्ने खेलाडी
च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक गोलको रेकर्ड क्रिस्टियानो रोनाल्डोको नाममा छ। प्रतियोगिताका अल टाइम टप गोल स्कोरर क्रिस्टियानो रोनाल्डो हुन्। रोनाल्डोले १ सय ७० खेलमा खेलमा १ सय ३० गोल गरेका छन् । उनले म्यान्चेस्टर युनाइटेडका लागि १५, रियल मड्रिडका लागि १ सय ५ र युभेन्ट्सका लागि १० गोल गरेका छन्। दोस्रो स्थानमा रहेका लियोनल मेस्सीले १ सय ४३ खेलमा १ सय १५ गोल गरेका छन्। मेस्सीपछि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा राउल गोन्जालेज आउँछन्। उनले च्याम्पियन्स लिग इतिहासमा ७१ गोल गरेका छन्। रियल मड्रिडका लागि ६६ र साल्केका लागि राउलले ५ गोल गरेका छन् । यस्तै रोवट लेवान्डोस्कि, करिम बेन्जमा पनि च्याम्पियन्स लिगका सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सुचीमा सवमासे खेलाडी हुन्।

कामना न्यूज

  • मंगलवार, कार्तिक ४ २०७७१०:५१:१३
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 

    सञ्जय पन्थी काठमाडौँ । एउटा लोक कथा छ, ‘एकदेशमा एउटा कौवा रहेछ । उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ । बच्चा पनि कोरले