Logo

शनिवार, मंसिर २० गते २०७७

नमिलेका सपना (कविता)

नमिलेका सपना (कविता)


नमिलेका सपना (कविता)
  • परशुराम घिमिरे (निदान)

मैले देखेको र 
नेताले देखेको सपनामा 
फरक कसरी पर्यो ?
कहाँ र किन फेरियो 
लक्ष्यहरु ?

म,
नेपाल बदल्न पर्दैन  
सोच बदले पुग्छ 
विचार बनाउँ
आफु र आफ्ना भन्दा
तमाम वर्गको हित सोचौं
आलिसान महल किन चाहियो 
समानताका झुप्रा बाँडौं
कसैको बस्ती न जलाऔं
न्याय र हकको पहुँच 
बराबर राखौं
जुन चैते चौतारी बनोस्
सितलता लिन मुखिया 
नेता वा मन्त्री  गुहार्न नपरोस् 
सोच्थें।
**

नेता,
आफ्नै प्लेट फर्म बनाउन व्यस्त
मौकामा आफ्ना गुट थुपार्ने 
आफ्नाका पोष्ट मजबुत पार्ने
भाइ भतिजा रिझाई 
अकूत धन कमाई 
बनेको बिगार्दा फाइदा 
बिग्रेको मास्दा राम्रो 
सिमा सरे पनि 
पहिरा झरे पनि 
जनता मरे पनि 
केवल नाफा नै नाफा 

आजकल 
जनता कम नेता बढी छन् 
तब न सपना फरक भयो।
म परिवर्तीत बनौं
देश रुन्छ 
म समान रहौं 
एक भोट कम हुन्छ  
ए नेता जी !
सपना बुन्न सिकायौ 
आशमा बाँच्न सिकायौ
तर आफु नेपाली जनता 
स गौरव कहिले हुन्छौ ?
 

कामना न्यूज

  • आइतवार, कार्तिक २ २०७७१०:२१:१६
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ