Logo

बुधवार, कार्तिक १२ गते २०७७

घुम्ती शिविरमार्फत वडास्तरीय अपाङ्ता परिचयपत्र वितरण

घुम्ती शिविरमार्फत वडास्तरीय अपाङ्ता परिचयपत्र वितरण


घुम्ती शिविरमार्फत वडास्तरीय अपाङ्ता परिचयपत्र वितरण

काठमाडौँ । भोजपुरको पौवादुङमा गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ। 

वडा–१ श्यामशिला र वडा–२ तिवारीभञ्याङमा सञ्चालन गरिएको वडास्तरीय घुम्ती शिविरमार्फत ४१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ। 

अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै अपाङ्गता परिचय पत्र वितरण गर्ने उद्देश्यले वडास्तरीय घुम्ती शिविर सञ्चालन गरिएको थियो। शिविरमा श्यामशिलामा ‘क’ वर्गका ३, ‘ख’ वर्गका ८, ‘ग’ वर्गका ८ र ‘घ’ वर्गका ४ जनालाई परिचय पत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिए। 

त्यस्तै तिवारीभञ्याङमा ‘क’ वर्गका एक, ‘ख’ वर्गका तीन, ‘ग’ वर्गका सात र ‘घ’ वर्गका ८ जनालाई परिचय पत्र प्रदान गरिएको उनले जानकारी दिए।

कामना न्यूज

  • शुक्रवार, आश्विन ३० २०७७०२:३५:५७
सम्बन्धित समाचार
विशेष सबै