Logo

बुधवार, कार्तिक १२ गते २०७७

प्रहरी दिवसमा सम्मान

प्रहरी दिवसमा सम्मान


प्रहरी दिवसमा सम्मान

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापाले ६५ औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, शहीद प्रहरीका परिवार र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततीलाई आज सम्मान गरेको छ। 

कार्यालयले उत्कृष्ट कर्मचारी प्रहरी नायब निरीक्षक उदयशम्शेर रानासहित आठ जनालाई नगदले सम्मान गरेको हो। सो अवसरमा गौरादह नगरपालिका–७ मा प्रहरी चौकी स्थापनाका लागि निःशुल्क जग्गा प्रदान गर्ने पाँच जना दातालाई पनि सम्मान गरेको छ। 

प्रदेश प्रहरी कार्यालय विराटनगरले स्थापना गरेको प्रहरी सन्तती जेहेन्दार पुरस्कारबाट झापा गाउँपालिकास्थित कमुरखोद इलाका प्रहरी कार्यालयका प्रमुख हरिबहादुर थापाकी छोरी दुर्गा थापा र पूर्वप्रहरी हवल्दार जीवन ढकालका छोरा सुरज ढकाललाई नगद रु १० हजारका दरले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए। 

सो अवसरमा ४५ जना अमर प्रहरी परिवारका सदस्यलाई समेत सम्मान गरिएको छ। उनीहरु सबैलाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सम्मान गरेको थियो।  

कामना न्यूज

  • शुक्रवार, आश्विन ३० २०७७०२:२४:३२
सम्बन्धित समाचार
विशेष सबै