Logo

बुधवार, कार्तिक १२ गते २०७७

बार्यन म्युनिखको सहज जित

बार्यन म्युनिखको सहज जित


बार्यन म्युनिखको सहज जित

एजेन्सी । बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा सहज जित हात पारेको छ। डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङ चम्किँदा बार्यनले सहज जित हात पारेको हो। बुधबार राति भएको खेलमा बार्यनले डुरेनलाई ३–० ले पराजित गर्यो।

एलिएन्ज एरिनामा बिहीबार राति डुरेनलाई हराउँदा मोटिङले २ तथा थोमस मुलरले एक गोल गरे।


खेलको २४ औं मिनेटमा मोटिङले बायर्नलाई अग्रता दिलाए। ३५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मुलरले बायर्नको अग्रता दोब्बर बनाए। ७५ औं मिनेटमा मोटिङले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि बायर्नको जित सुनिश्चित भयो।

पाँचौ डिभिजनको क्लब डुरेनलाई पराजित गर्दा बार्यनका केही स्टार खेलाडीहरु अनुपस्थित थिए। अन्तराष्ट्रिय ब्रेकका कारण बार्यनले टोलीमा धेरै फेरबदल गरेको थियो। यसैक्रममा भर्खरै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट स्थानान्तरण भएका मोटिङले मौका पाएका थिए। उनले २ गोल गरे भने मुलरको गोलका लागि पनि तालमेल मिलाए।

कामना न्यूज

  • शुक्रवार, आश्विन ३० २०७७१२:०३:३०
सम्बन्धित समाचार
विशेष सबै