Logo

बुधवार, कार्तिक १२ गते २०७७

यतिका धेरै खुल्यो नेपाल प्रहरीमा जागिर

यतिका धेरै खुल्यो नेपाल प्रहरीमा जागिर


यतिका धेरै खुल्यो नेपाल प्रहरीमा जागिर

काठमाडौँ । नेपाल प्रहरीले ५ हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ। प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

प्रहरी प्रधान कार्यालयले खुलातर्फ २ हजार ८ सय १७ कोटा तोकेको छ भने अरू समावेशीतर्फ छ। आदिवासी जनजातिका लागि सात सय ३७ र महिलातर्फ ४ सय ४१ जनाको कोटा निर्धारण गरिएको छ।

७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। कक्षा ८ वा सो सरह पास गरेकोले फाराम भर्न पाउने छन्।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै