Logo

बुधवार, कार्तिक १२ गते २०७७

अर्जेन्टिनाको लगातार दोस्रो जित

अर्जेन्टिनाको लगातार दोस्रो जित


अर्जेन्टिनाको लगातार दोस्रो जित

एजेन्सी । फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित हात पारेको छ। विश्वकपका लागि दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गतअर्जेन्टिनाले बोलिभियालाई पराजित गर्दै दोस्रो जित हात पारेको हो।

बोलिभियाको घरेलु मैदानमा कमब्याक जित निकाल्ने क्रममा अर्जेन्टिना २–१ ले विजयी भयो। अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र जेक्वेन कोरिले गोल गरे। बोलिभियाका मार्सेलो मोरेनोले एक गोल फर्काए।

मार्सेलो मोरिनोले २४ औं मिनेटमा बोलिभियालाई अग्रता दिलाएका थिए तर ४५ औं अन्तिम मिनेटमा मार्टिनेजले अर्जेन्टिनाका लागि बराबरी गोल गरे। अर्जेन्टिनालाई जित दिलाउन मार्टिनेजको भुमीका महत्वपूर्ण रहयो। उनले विजयी गोलका लागि अवसर समेत सिर्जना गरे। मार्टिनेजको पासलाई सदुपयोग गर्दै जेक्वेनले ७९ औं मिनेटमा विजयी गोल गरे।

जितसंगै अर्जेन्टिना तालिकामा ६ अंक बनाएको छ।

कामना न्यूज

  • बुधवार, आश्विन २८ २०७७१०:३८:३९
सम्बन्धित समाचार
विशेष सबै