Logo

बुधवार, कार्तिक १२ गते २०७७

नेयमारको ह्याट्रिक, ब्राजिलको जित

नेयमारको ह्याट्रिक, ब्राजिलको जित


नेयमारको ह्याट्रिक, ब्राजिलको जित

एजेन्सी । नेयमारको ह्याट्रिकको मद्दतमा फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा ब्राजिलले लगातार दोस्रो जित हात पारेको छ। बुधबार बिहान भएको खेलमा पेरुमाथि संघर्षपूर्ण जित निकाल्दै ब्राजिलले ६ अंक जोडेको हो।

पेरुको घरेलु मैदानमा भएको खेलमा ब्राजिल ४–२ ले विजयी भयो। खेलको सुरुवात र अन्तिम समयमा पेनाल्टी पाएपछि दुईपटक पछि परेको ब्राजिलले कम्ब्याक जित निकाल्यो। ब्राजिलको जितमा नेयमारले ३ गोल गरे भने एक गोल रिर्चालिसनको नाममा रहयो।

स्टाडियो डे लिमा भएको खेलको छैटौं मिनेटमा आन्द्रे करिल्लोले गोलगरेपछि पेरुले १–० को अग्रता बनाएको थियो। २८ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए।

रेनेटो टापियाले ५९ औं मिनेटमा पेरुलाई फेरि अग्रता दिलाए। उनको प्रहार ब्राजिलका डिफेन्डरसंग डिफ्लेक्ट हुँदै गोल भएपछि घरेलु टोलीले २–१ को अवस्थामा खेल पुर्यायो। तर ६४ औं मिनेटमा नेयमार, रोवर्टो फिरमिनो र रिचार्लिसनको उत्कृष्ट तालमेलपछि ब्राजिल खेल बराबरी गर्न सफल भयो। नेयमारको कर्नर बललाई फिरमिनोले हेडर मार्फत अनटार्गेट प्रहार गरेको बललाई रिर्चार्लिसनले जाली चुमाए।

८३ औं मिनेटमा ब्राजिलले पुन पेनाल्टी पायो। उक्त अवसरलाई गोलमा परिणत गर्दै नेयमारले ब्राजिललाई ३–२ को अवस्थामा पुर्याए। विवादित पेनाल्टीपछि पेरुका दुई खेलाडीले रातोकार्ड खाए। ८६ औं मिनेटमा कार्लोस कासेडा र ८९ औं मिनेटमा कार्लोस जाम्बेरानोले रातोकार्डको सामना गरेका थिए।

खेलको इन्जुरी समयको चौथो मिनेटमा नेयमारले ब्यक्तिगत तेस्रो र टिमका लागि चौथो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे।

जितसंगै ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ। अघिल्लो खेलमा बोलिभियालाई ५–० ले हराएको ब्राजिल दक्षिण अमेरिकी छनोट तालिकाको शीर्ष स्थानमा कायमै छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै