Logo

बुधवार, कार्तिक १२ गते २०७७

मेलिना राईको 'भुतुक्कै पार्यौ' युट्युबमा (भिडियो सहित)

मेलिना राईको 'भुतुक्कै पार्यौ' युट्युबमा (भिडियो सहित)


मेलिना राईको 'भुतुक्कै पार्यौ' युट्युबमा (भिडियो सहित)

काठमाडौँ । नेपाली गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल गायिका मेलिना राईको आवाजमा रहेको  'भुतुक्कै पार्यौ' नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ।

उक्त गीत भुतुक्कै पार्यौ मलाई कर्के हेराईले बोलको रहेको छ। गीतमा मेलिना राईको एकल सुमधुर स्वर सुन्न पाईन्छ। निकै मधुर शैलिमा गाइएको यो गीतको शब्द पनि उत्तिकै राम्रो रहेको छ।
बाल न्यौपाने को शब्द, सुनिल राईको सङ्गीत तथा माधब बेलाबासेको सम्पादनमा तयार भएको याे गीतकाे एरेन्ज शाहस शाक्यले गरेका हुन्।

गीतमा रंजित पौडेल र कबिता श्रेष्ठको अभिनय रहेको छ भने उक्त गीतको भिडियोको निर्देशन अमृत सुनुवारले गरेका हुन्। बि के क्रियशन को प्रस्तुतिमा तयार गरिएको उक्त गीतलाई बि के क्रियशन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हाे।

कामना न्यूज

  • मंगलवार, आश्विन २७ २०७७०१:०८:५९
सम्बन्धित समाचार
विशेष सबै