Logo

बुधवार, कार्तिक १२ गते २०७७

हार्दिक नमन तिमीलाई (कविता)

हार्दिक नमन तिमीलाई (कविता)


हार्दिक नमन तिमीलाई (कविता)
  • परशुराम घिमिरे (निदान)

एउटा निर्दोष  
मन 
स्वतन्त्रता,
समान अधिकार र पहुँचका लागि
सक्षम र योग्यताको पहिचानको खातिर
केवल एक्लै लडिरहेछ 
सबैका लागि 


अन्तिम साससम्म लडिरहनेछ;
जुधिरहने छ  
निर्भीक भएर।
उसलाई परास्त गर्ने र
बाटोबाट हटाउने 
विचारलाई नै सफाया गर्ने
ब्वाँसाहरू 
नसल्बलाएका होइनन् 
तर, वेपरवाह ऊ जुटी रह्यो  

जुटी रह्यो  
जनताका हितका नारा लगाउने र
जनमुखी विकास भित्र्याउँछौ भन्ने नै 
एक्लो योद्धासँग 
हुल लिएर भिड्यो 
र पनि सहासिक कदम हटाएनौ तिमीले।
जिती सक्यौ 
सत्ता हारी सक्यो  
त्यसैले त तिमीसित डराएको छ  
सपना पूरा हुनु नहुनुले अर्थ राख्ला नराख्ला 

तिमीले
दिग्विजय प्राप्ति गरिसक्यौ 
किनकि  
अबको अभियान हाम्रो हो 
तिमीलाई नमन भन्न पनि 
सलाम ठोक्न पनि आफु योग्य छैन  
र पनि हार्दिक हार्दिक नमन तिमीलाई।

लालबन्दी, सर्लाही (डा. गोबिन्द के. सी प्रति समर्पित)



कामना न्यूज

  • मंगलवार, आश्विन २७ २०७७११:३२:५६
सम्बन्धित समाचार
विशेष सबै