Logo

बुधवार, कार्तिक १२ गते २०७७

माने र अलकान्टरा कोरोना मुक्त

माने र अलकान्टरा कोरोना मुक्त


माने र अलकान्टरा कोरोना मुक्त

काठमाडौँ ।  लिभरपुलका खेलाडीद्वय स्याडियो माने र थियगो अलकान्टरा कोरोना मुक्त भएका छन्। एकसाता अघि कारोनाको संक्रमण पुष्टी भएका दुबै खेलाडी कोरोनाबाट मुक्त भएको लिभरपुलले जनाएको छ।

फर्वाड माने र मिडफिल्डर अलकान्टरा कोरोनाबाट मुक्त भएसंगै प्रशिक्षणमा समेत सामेल भएका छन्। सोमबार देखि दुबै खेलाडीले क्लबको अभ्यास सुरु गरेका हुन्।

कोरोनाको संक्रमणभएपछि उनीहरु एक हप्ता र थप तीन दिन क्वारेन्टिन बसेका थिए। त्योबीचमा मानेले १ र अलकान्टराले २ खेल गुमाएका थिए। माने र अलकान्टरा सहभागि नभएको खेलमा लिभरपुलले एस्टन भिल्लासँग ७–२ को लज्जास्पद हार समेत सामना गरेको थियो। त्यो खेल भन्दा अघि लिभरपुलले आर्सनलविरुद्ध खेलेको खेल समेत अलकान्टराले गुमाएका थिए।

‘हाम्रा दुबै खेलाडी अभ्यासमा सामेल भएका छन्’, प्रशिक्षक योर्गेन क्लोपले भने, ‘दुबै कोरोना संक्रमणबाट मुक्त भएका छन् र अर्को खेलका लागि तयार भएका छन् ।’

माने र अलकान्टराले अन्तर्राष्ट्रिय ब्रेकमा आफ्नो देशले खेल्ने प्रतियोगिता समेत गुुमाएका थिए। मानेले सेनेगलले मोरोक्कसंग खेलेको मैत्रीपूर्ण खेल गुमाएका थिए भने स्पेनिस अलकान्टराले नेसन्स लिग गुमाएका थिए।

लिभरपुल प्रशिक्षक क्लोपका अनुसार दुबै खेलाडीले शनिबार हुने लिग अन्तर्गतको खेल खेल्नेछन्। शनिबार राति लिभरपुलले एभर्टनसंग खेल्दैछ।

स्रोत एजेन्सी ।

 

कामना न्यूज

  • मंगलवार, आश्विन २७ २०७७१०:४४:४७
सम्बन्धित समाचार
विशेष सबै