Logo

बुधवार, कार्तिक १२ गते २०७७

न्याय

न्याय


न्याय
  • परशुराम घिमिरे (निदान)

सरकार कानून बनाउँछ 
पूर्ण गणतन्त्रको भान दिने 
जब! जब!!
सत्ता डगमगाउँछ,
पद नै सलवलाउँछ,
आफ्ना अप्ठ्यारोमा पर्छन् र
योग्यले प्लेटफर्म तयार पार्छ
सुशाशन कायम गर्ने 
दुस्साहस गर्छ 
तब! तब!!
सरकार विलखबन्दमा,
दव दवावमा 
र अनिर्णयको चपेटामा पर्छ 
अनि उसलाई 
कानुन मिच्नु के अशहज छ र ?
कानुन अदालतमै रुन्छ।
मिचेर होइन छलेर होइन 
देखादेख,
सुझबुझ ले,
र जाना जान 
दोषी निर्दोष बनेर 
सिन्दूर जात्रा र
फूलमालामा निस्कन्छ 
अर्को सट्टामा भर्ना गरिन्छ 
करणी मुद्दा लगाएर 
किनकि ऊ 
सालो होइन 
मामा होइन  
र भाइ होइन  
हो त केवल भोटर। 
यसकारण  
निर्मलाका,
अरु अरु का
 पिडीत पक्ष 
न्यायका हार गुहार 
नेता नेताका दैला दैलामा
न्यायीक निकायमा 
गरिरहेछन् गरिरहेछन्  
यहाँ 
महिला वा पुरूष न्यायाधीश,
न्याय कर्मी,
आयोग प्रमुख बन्नु वा रहनुले
फरक परेको छैन 
फरक त 
न्याय दिलाउने नै
पक्षमा बोल्नै नै 
खसी झैँ  बिक्री हुनुले बनायो।

कामना न्यूज

  • सोमवार, आश्विन २६ २०७७१२:३२:०८
सम्बन्धित समाचार
विशेष सबै