Logo

बुधवार, कार्तिक १२ गते २०७७

आजबाट ‘मुन्द्रेको कमेडी क्लब’ एपिसोडमा अभिनेत्री रेखा थापा 

आजबाट ‘मुन्द्रेको कमेडी क्लब’ एपिसोडमा अभिनेत्री रेखा थापा 


आजबाट ‘मुन्द्रेको कमेडी क्लब’ एपिसोडमा अभिनेत्री रेखा थापा 

काठमाडौँ । लकडाउनका कारण बन्द भएको चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आज सोमबारबाट प्रसारणमा आउने भएको छ। शा संचालक समेत रहेका जीतुले सामाजिक संजाल फेसबुक माफर्त शो आज साँझ ८ः५० देखि नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको जानकारी गराएका हुन्।
पहिले भन्दा केही परिस्कृत भएर आउन लागेको शोको आजको एपिसोडमा अभिनेत्री रेखा थापा अतिथिको रुपमा देखिदै छिन्। पहिले भन्दा अवको शो केही नयाँ शैलीबाट आउने जीतुले बताएका छन्।

हास्य श्रृखला ‘जिरो खुसार्नी’बाट मुन्दे्रको परिचय बनाएका जीतुले सरकारको स्वस्थ्य सुरक्षाको नियम पालन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’का ४ भाग हालै सुटिङ गरेका हुन्।

अवको शोमा निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौला भने अध्यक्षको रुपमा देखिने छैनन्। उनको ठाउमा अभिनेत्री करिष्मा मानन्धर देखिन लागेकी छन्। शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति समेत रहनेछ।

टेलिचलचि, चलचित्र हुँदै कमेडी शोमा प्रवेश गरेका जीतु पछिल्लो समय भने सानापर्दाको श्रृखलामा कमै देखिने गरेका छन्। फिल्ममा भने जीतु पछिल्लो समय रोहित अधिकारीको निर्माण रहेको ‘छ माया छपक्कै’मा देखिएका थिए।

यो शो जीतु नेपालकै आधिकारिक यूट्युव च्यानल जीतु कमेडी च्यानलबाट समेत हेर्न सकिनेछ। 

 

कामना न्यूज

  • सोमवार, आश्विन २६ २०७७१२:०८:१६
सम्बन्धित समाचार
विशेष सबै