Logo

बुधवार, कार्तिक १२ गते २०७७

माछापुच्छ्रे बैङ्कले तोक्यो स्थिर ब्याजदर, कति तिर्नुपर्छ ब्याज 

माछापुच्छ्रे बैङ्कले तोक्यो स्थिर ब्याजदर, कति तिर्नुपर्छ ब्याज 


माछापुच्छ्रे बैङ्कले तोक्यो स्थिर ब्याजदर, कति तिर्नुपर्छ ब्याज 

काठमाडौँ । माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर तालिका प्रकाशन गरेको छ। नेपाल राष्ट्र बैङ्कले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर तालिका सार्वजनिक गरेको हो।

प्रकाशित ब्याजदर अनुसार गतिशील प्रणालीबाट निर्धारण हुने ब्याजदरमा बैङ्कले कुनै घटबढ गरेको छैन। जसमा अधिकांश कर्जामा आधारदरमा ५ प्रतिशतसम्म जोखिम प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिएको छ। मुद्दती निक्षेपको धितोमा दिइने ऋण, युवा तथा साना व्यवसायीस्वरोजगार कर्जा लगायतमा भने जोखिम प्रिमियम २.५ प्रतिशतसम्म तोकिएको छ। भदौ मसान्तमा आधारित बैङ्कको आधारदर ८.४२ प्रतिशत रहेको छ।

यस्तो छ स्थिर ब्याजदर

माछापुच्छ्रे बैङ्कले तय गरेको स्थिर ब्याजदर अनुसार होमलोन, अटो÷हायर पर्चेज लोन र अन्य खुद्रा लोनका लागि स्थिर ब्याजदर कायम गरिएको छ। होमलोनमा ५ वर्ष अवधिका लागि ९.८९ प्रतिशत, ५ देखि १० वर्षका लागि १०.८९ प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको लागि ११.८९ प्रतिशत ब्याजदर तय गरिएको छ।

त्यस्तै अटोलोनमा ५ वर्षको लागि ९.८९ प्रतिशत र ५ देखि १० वर्षको लागि १०.९९ प्रतिशत ब्याजदर तोकिएको छ।

अन्य खुद्रा ऋणका लागि भने ५ वर्षसम्मको अवधिका लागि १०.२४ प्रतिशत, ५ देखि १० वर्षको लागि ११.२४ प्रतिशत र १० वर्षभन्दा लामो अवधिको लागि १२.२४ प्रतिशत ब्याजदर तोकिएको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै