Logo

बुधवार, कार्तिक १२ गते २०७७

कोभिड महामारीका बेला लोकतान्त्रिक संस्कारमा चुकेको सरकार 

कोभिड महामारीका बेला लोकतान्त्रिक संस्कारमा चुकेको सरकार 


कोभिड महामारीका बेला लोकतान्त्रिक संस्कारमा चुकेको सरकार 
  • संजय पन्थी 

काठमाडौँ । वर्तमानमा स्वास्थ्य (कोभिड–१९) महामारीबाट बच्न शक्ती समपन्न राष्ट्रहरु खोप आविस्कार र उत्पादनको प्रतिष्पर्धामा छन्। साथै मान्यता र बजारीकरणका रणनीतिक तयारीमा जुटेका छन्। खोप उत्पादन नहुदै विकसित सम्पन्न सार्मथ्यवान देशहरु अल्प विकसित र विपन्न देशहरुलाई आ–आफ्ना उत्पादनका उपभोक्ता बनाउन लालयित छन्। अमेरिका, बेलायत, चीन, रुस, भारत, फ्रान्स र जर्मनी लगायतका देश कोभिड–१९ महामारीे विरुद्धको खोपको क्लिनिकल ट्रायलमा छन्। 

साथै व्यक्तिमा ट्रायलका लागि गरिब र अल्प विकसित देशहरुलाई उपलब्ध गराउन खोपको आविष्कारको तयारीमा रहेका उनीहरु बचनबद्ध समेत हुने गरेका छन्। दोस्रो विश्वयुद्धको समाप्ती पछि विश्व नेटो र वार्सा गुटमा विभाजित भए जस्तै यस पटकको महामारीसँगै विश्वमा नयाँ धुव्रिय संगठनको निर्माण होड देखा परेको छ। खोपमा आधारित राष्ट्रवादको  बहस शुरु भएको छ। 
त्यो बहसमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा नेपालले पक्षपोषण गरिरहेको छ। क्लिननिकल ट्रायलका लागि नागरिक अभिमत विना शक्ति समपन्न राष्ट्रको प्रलोभनमा परेर नेपालको सरकारले अनुमति दिनु लोकतान्त्रिक संस्कार विरुद्ध हो। 

विकाशोन्मुख र विपन्न मुलुक जस्ले छिटो र निःशुल्क खोप उपलब्ध गराउँछ उतै ढल्किने छन्। खोप कुटािती सामु राजनैतिक आस्था र परम्परागत मैंत्री समवन्ध तपशिल हुने संभावना छ। प्रविधिको पहुँच र उपयोगले यतिवेला व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता कुण्डित त छैन् तर गोपनियता पनि वच्न सकेको छैन्। साथै प्रविधिको उपयोगले लोकतन्त्रको नयाँ परिभाषा अपरिहार्य भएको छ। महामारीले लोकतन्त्रको परम्परागत मान्यतालाई विस्थापित गरिदिने होकी भन्ने चिन्ता शुरु भएको छ। हामी नेपालीले त्यसको मुल्य चुकाउनु पर्ने त हैन्? 

यतिवेला कोभिडको महामारीका कारण शासकहरुले कतिपय देशमा नागरिक अधिकार कटौती गरेका छन्। लकडाउनका नाममा हामी नेपाली पनि ६ महिनादेखि राज्य समक्ष आफ्ना अधिकार समर्पण गर्न वाध्य रह्यौं। महामारी विरुद्ध नागरिकले उच्च सर्तकता अपनाई रहँदा राज्य लोकतान्त्रिक र संवैधानिक कर्तव्यबाट च्युत छ। संवैधानिक कर्तव्य र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नागरिक चनाँखो हुनुपर्ने भएको छ। महामारीलाई समस्या देखाएर नेपाल सरकार नागरिक स्वतन्त्रताको अधिकार कटौती गर्न तत्पर छ।

शासन शैली र विवादित अभिव्यक्तीका कारण प्रधानमन्त्री केपी ओली विवेकहीन शासकका रुपमा दर्ज छन्। उनी वैधानिक सत्तामा विराजमान छन्। तर उनले अभिव्यक्त गर्ने अभिव्यक्ति र निर्णयका कारण उनी विवेकहीन शासकका रुपमा प्रकट भैरहेको छन्। कसैलाई सातौ पटक सुविधा र लाभको पदमा नियुक्ती गरिहँदा सरकार उज्यालो नेपालका अभियानकर्र्ता कुलमान योग्य र क्षमतावान रहँदा रहँदै जिम्मेवारीमा पुनरावृती नगराउनुुलाई के भन्ने? साथै सत्याग्रही डा. गोविन्द केसीको मागको सुनुवाई गर्न पनि २६ दिनसम्म उनले धैर्य गरे।

सरकार नागरिक स्वतन्त्रता कटौती गर्न लालयित छ। प्रहरी, प्रशासन, अदालत,मीडिया र विश्वविद्यालयमा त्यसको अभ्यास शुरु छ। विद्यार्थी परीक्षबाट वञ्चित हुन परेको छ। अदालतमा साक्षी गवाहीबाट बञ्चित छन्। पराई भुमिका रहेका श्रमिक मातृभुमी आउन ,विरामी उपचारबाट र मुर्दा (शव) कात्रोबाट बञ्चित हुनु परेको छ। कोरोना संक्रमितको शव दाहमा सरकार नागरिकप्रति उत्तरदायी जस्तो देखिए पनि यर्थाथमा निरंकुश अभ्यासले लोकतन्त्रको जग भत्किने खतरा बढेर गएको छ।

निरंकुताको अभ्यासमा रहेका शासकलाई कुनै किसिमको आलोचना सहनयोग्य छैन्। ओली सरकार पनि आफ्ना विरुद्धको अभिव्यक्ति र आलोचना सुन्न चाहदैन्। ओली सरकारले सत्ताको साहरामा अभिव्यक्ति स्वतन्त्रता कटौती गर्न हत्कण्डा अपनाई रहेको छ। प्रम ओली निहित स्वार्थ पूर्ति गर्न लालयित छन्। जुन अभ्यास यतिवेला गरिरहेका छन्। महामारीको उपचारका लागि सरकारले अर्बाैं खर्चिएको विवरण सार्वजनिक गरिहँदा नागरिक भ्रष्ट्राचार भएको समाचार पढ्न वाध्य छन्। लोकतान्त्रिक समाजवादको लेखिएका देशको संबिधान समेत थला परेको छ। स्वास्थ्य सर्तकताका नाममा नव अधिनायकवादको अभ्यासमा सरकार सरिफ हुन थालेको छ।

सरकारको ज्यादतीलाई प्रतिरक्षा गर्न समाजमा अतिवाद प्रोत्साहन गर्ने एउटा वर्ग उत्साहित छ। नियतीले नेपालको वर्तमान अवस्थासँग मेल मात्र खाएको छैन्। भविष्यका लागि भयानक संकेत देखिदैछ। नागरिक त्यही समयको भू–मध्य रेखामा छौं। नागरिक महामारीसँगै अर्काे कुनै भयावहको पूर्वसन्ध्यामा छौं। आफ्ना विश्वासलाई आफैले कार्यन्वयन गर्नुपर्ने भएको छ। जागरुकताका लागि कर्तव्य र अधिकारका बारेमा  नागरिकलाई प्रशिक्षण गर्नु नागरिक समाजको दायित्व भएको छ। 

तर जब एउटा युगको अन्त्य हुन्छ र त्यतिवेला अर्काे युगको उदय भैरहेको हुन्छ। सदियाै‌ देखिका शोषित पिडित आत्माले केही भनिरहेको हन्छन्। उदार शासकले मात्र उनीहरुको भावना बुझ्न सक्छ। आत्माको क्रन्दन र रोदन सुन्नु सरकारको पहिलो कर्तव्य हुन्छ। यो एउटा संयोग पनि हो। ओली सरकार महामारीका बखत निमुखा वर्गको क्रन्दन सुन्नबाट चुकेको छ। प्रत्येक विहानीका अखवारका पन्नाले त्यसलाई पुष्टि गरिरहेको छ। दैनिक अखवारका प्रथम पृष्ठका समाचार अध्ययन गर्दा ओली सरकार संवेदनहिन छ, भन्नकर लाग्छ। 

चुनौतीसँगैको अवसरमा देशवासी जसरी समर्पणका जागृत हुन चाहे पनि सरकारले त्यो भावना बुझ्न सकेको छैन्। नागरिक जन्मभुमि र मानवताका लागि पूर्ववत आस्थाभन्दा माथि उठेर बसुधैव कुटुम्वकम्को भावनाले जागृत छन्। साथै समाज र जगतको सेवालाई कर्तव्य ठानेका छन्। तर सरकार महामारीलाई अवसर बनाएर अनियमितता गर्न अभ्यस्त छ। नयाँ इतिहासको आरम्भमा देशले चुनौतीको सामना गर्नु परेको छ। समयले आफ्नो अन्तहीन खोजको प्रारम्भ गर्नु परेको छ। शताव्दीयौ पूरानो सफल वा असफल सभ्यताको जर्गेना गर्नुपर्ने भएको छ। स्थापित मुल्य,मान्यता र संस्कारलाई पनि परिस्कार गर्नुपर्ने भएको छ। आज हामीले व्यतित गरेको समयले एउटा युगको अन्त्य गरिरहँदा सँगै अर्काे नयाँ युग आरम्भ छ। 

वर्तमानमा नेपाली नागरिकले यस्तो अवस्थाको सामना गर्नु परेको छ। त्यसले सम्वेदनासँगै उपलब्धीको उत्सवका लागि तयार रहन संकेत गरेको छ । यो एउटा संयोग पनि हो । यो क्षण आफैमा भयावह र त्रासिद मात्र नभएर चुनौतीसँगै अवसर लिएर आएको छ। चुनौतीसँगै अवसर र संभावनाका बारेमा सचेत अनि भविष्यको प्रतिरक्षा पनि गर्नु परेको छ। के हामीमा त्यति बुद्धिमत्तता र शक्ति छ,भविष्यका चुनौतीका बारेमा आँकलन गर्न सक्ने? प्रतिवद्धता गर्नु छ, निरन्तर आफ्नो लक्ष्य प्राप्तीका लागि कर्तव्यमा जुट्नु छ। 

भविष्यमा हामी विश्राम लिने छैनौ र चैनसँग बस्ने पनि छैनौं, भनेर कसम खानु पर्ने बेला हो यो। राजनीतिक शास्त्रमा निसाहयको परिभाषा हो, गरिबी, अशिक्षा,अज्ञानता र विभेद्ले ग्रसित समाज वा व्यक्ती। शिक्षा र उपचारका सहितका अन्य अवसरका क्षेत्रमा सबैको पहुँच र समानताका आधारित रहेर अवसरमा सहभागी गराउन उत्तरदायित्व वहन गर्नु सरकराको कर्तव्य हो। यदि अभावका कारण कसैको  आँखामा आशु वग्छ र आशु वगेको छ, भने पहिले उसको त्यो पीडामा मल्हम लगाउनु लोकतन्त्रमा विश्वास राख्नेको परम कर्तव्य हो। कसैको आँखामा अनायसै आशु वग्छ, भने त्यहाँ पीडक र शोषण भैरहेको छ, भनेर राज्यले बुझ्न सक्नु पर्छ। 

युवा पुस्ताले देश विकास र नव निर्माणका लागि कठिन परिश्रम गर्नुपर्ने भएपनि सरकार त्यो अवसर सिर्जना गर्न चुकेको छ। त्यसले गर्दा सरकार समृद्धि सपना साकार पार्न चुकिरहेको छ। समृद्धि त्यतिवेला मात्र आउने छ, गाँउ,समाज र राष्ट्र विकासमा नागरिकको योगदान भएको हुनेछ। विकास र शान्ति सबैका लागि अपरिहार्य भएको छ साथै अभिभावज्य पनि। स्वतन्त्रता हामी सबैको नैर्सगिंक अधिकार हो। 

चुनौती र विनाश हामीले चाहेर वा नचाहेर हाम्रा लागि अभिशाप बन्ने गरेको छ। वर्तमान त्यही समयको द्योतक हो। त्यसैले नव निर्माणका लागि नागरिकलाई एकाकार गराउनुको विकल्प छैन्। अनिमात्र सरकारले चाहेको समृद्धि प्राप्त हुन सक्छ। तर सरकारको समृद्धि सत्ताको उन्मादमा अभिसप्त हुन पुगेको छ। नियतिले पटक–पटकको संर्घष, त्याग र बलिदान पश्चात नेपालमा परिवर्तन संभव भएको हो? देश गणतान्त्रिक हुन पुगेको हो। हामीले व्यक्त गर्ने अभिव्यक्ती स्वतन्त्रतामा शहीद र अग्रजहरुको त्याग,बलिदान र योगदान छ।  देश विकासका लागि शासक र नागरिकले अनुशासनको पालना गर्नु परम कर्तव्य हुनेछ। त्यसका लागि व्यवहारमा प्रस्तुत हुन आवश्यक छ। नागरिकले अनुशासनक कायम गर्न प्रतिवद्धता गर्नु पर्नै भएको छ।

कुनै पनि प्रतिवद्धता व्यक्त गरिहँदा फेरी पनि निर्णयको केन्द्रविन्दुमा नागरिक मत रहन्छ। पटक–पटकका अधुरा निर्णय अतित भैसकेका छन्। मुलुक स्वतन्त्र अनि जागृत भैरहँदा नागरिकमा स्वतन्त्रताका नाममा स्वच्छन्द भैरहन कसैलाई छुट छैन्। साच्चै भन्ने हो, देशमा नयाँ इतिहासको अभ्यास र आरम्भ भएको छ। यस्तो एउटा नयाँ इतिहासका लागि नागरिकले फेरी एक पटक नागरिकले योगदान गर्नु पर्ने हुन सक्छ। योगदान पक्कै पनि इतिहासमा उल्लेखित हुनेछ। पक्कै पनि त्यो क्षण देशवासीका लागि एक सर्वमान्य क्षण हुनेछ। नागरिक स्वतन्त्रताको संरक्षणका लागि अनुवन्धित पनि छन् । नागरिक आफ्ना आशा र अपेक्षालाई धुमिल हुन नदिन सचेत छन्। तर सरकार वातावरण तय गर्नबाट चुकिरहेको छ। 

परिवर्तन र महामारीका बीच हामी भावि इतिहासको पूर्वसन्ध्यामा छौं। साथै महामारीले भाबि इतिहासका लागि आमन्त्रित गरिरहेका छौं। वर्तमान कहरका बीच देश कुन दिशामा गैरहेको छ? परिवर्तन केका लागि? भन्ने तथ्यका बारेमा सरकार स्पष्ट हुन आवश्यक छ। तर सकिरहेको छैन्। देशवासी गरिबी, अज्ञानता र रोगसँग एक भएर जुध्न तयार छन्। नागरिकले स्वतन्त्र,समृद्ध,सभ्य,लोकतान्त्रिक र समावेशी समाजको निर्माण गर्नुु आतुर छन्। त्यसका लागि समाजिक,आर्थिक र राजनैतिक संस्थाको स्थापना र अभ्यास गर्न नागरिक अपेक्षित छन्। तर सरकार भ्रष्ट्रार युक्त संस्कारमा लिप्त छ। 
जहाँ प्रत्येक नागरिकले जीवनको परिपूर्णताका लागि न्यायको अनुभूत र सुनिश्चितता गर्न सकियोस। त्यसका लागि हामीले कठिन परिश्रम गर्न किन नपरोस? नवनिर्माणका लागि नागरिक तम्तयार छन्। प्रत्येक नागरिकले कल्पना गरेको भाग्यको उजागर गर्न  लालयित छन्। नागरिकले आफ्नो गन्तव्य सुरक्षित गर्नुछ। 


हामी स्वतन्त्र र सार्वभौम देशका नागरिक हौं। अवसर र त्यागका लागि हामी सबै समान छौं। हामी जुनसुकै धर्म,संस्कृति,वा परिवेशका किन नहोऔं? हाम्रा लागि चन्द्र र सूर्य अंकित राष्ट्रिय झण्डा गौरवको प्रतिक भएर फर्फराइरहने छ। त्यो झण्डामुनि गोलबद्ध रहेर समान कर्तव्य र अधिकारका क्षेत्रमा योगदान गर्न समान प्रतिवद्धताको आवश्यक छ। संर्किणतालाई छिचोल्दैं उच्चत्तम अभिलाषाले देश विकास र उन्नत समाज निर्माणका लागि हामी सबैले योगदान गर्नु पर्ने भएको छ। त्यो योगदान नैतिक वा भौतिक किन नहोस। ‘कुनै समाज वा देश त्यतिवेला मात्र समृद्ध र परिपूर्ण हुनेछ, जतिवेला उसले आफ्ना आवश्यकताको पूर्ति आफ्नै श्रोत, साधन र परिश्रमले गर्न सक्नेछ।’ महात्मा गान्धीले भनेका छन् ‘देश त्यति वेलासम्म आत्मनिर्भर बन्न सक्ने छैन्। जति वेलासम्म त्यस देशमा बसोबास गर्ने नागरिकको सोचमा संर्किणता रहीरहने छ। विभेद्बाट मुक्ति नै संर्किणताको अन्त्य हो। लोकतान्त्रिक संस्कार, आचारण र व्यवहारले मात्र विभेद्को अन्त्य हुनसक्ने छ।’ 

हामी नेपालीले अभ्यास गरेको व्यवस्था बहुलबादमा आधारित लोकतान्त्रिक व्यवस्था हो। लोकतान्त्रिक हो वा हैन् भन्न्, गाँस,वाँस,कपास,शिक्षा,स्वास्थ्य,मानव अधिकार,रोजगारको अवसर र अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्तो छ? भनेर मूल्यांकन गर्न आवश्यक छ। साथै अपांग,बृद्ध, असाहय बालबालिका र महिलाको जीवन निर्वाहको ग्यारेण्टी छ वा छैन्? भन्ने कुरालाई मूल्याकंनको आधार बनाएर मापन गर्न आवश्यक रहन्छ। 


बौद्धिक चेतले समाजको न्याय व्यवस्था स्थापित गर्दै,उच्च संस्कार युक्त नागरिक सभ्यताको निर्माण गर्न सकिए मात्र लोकतन्त्रको आधार स्तम्भ तयार हुन सक्नेछ। त्यतिवेला हामीले प्रकट गर्ने शुभकामना वा सन्देशमा समृद्धि, शान्ति, स्वतन्त्रता र लोकतन्त्रिक अभ्यासको कामना गर्न योग्य रहनेछौँ। जननी जन्म भुमिश्च गरियसी हाम्रा लागि मूलमन्त्र बन्न सक्नु पर्छ। अन्यथा कोरा गफ र आश्वासनले देश लोकतान्त्रिक र समृद्ध भएको दाबी गर्नु एउटा चालबाजले सत्तामा टिकि राख्न बाडेको सपना मात्र हुनेछ। विकास नागरिकका लागि आकाशको फल आँखा तरी मल जस्तै भैरहने छ। 

लेखक राजनैतिक विश्लेषक हुन्।

कामना न्यूज

  • आइतवार, आश्विन २५ २०७७१२:३०:३९
सम्बन्धित समाचार
विशेष सबै