Logo

बुधवार, कार्तिक १२ गते २०७७

आज वार्ता हुँदै सरकार र डा. केसी पक्षबीच 

आज वार्ता हुँदै सरकार र डा. केसी पक्षबीच 


आज वार्ता हुँदै सरकार र डा. केसी पक्षबीच 

काठमाडौँ । सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुँदै छ। अपराह्न चार बजेपछि वार्ता गर्ने तयारी छ।

डा. केसीको तर्फबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले आज सरकारी टोलीसँग वार्ता हुने बताए। केसीले भने, ‘हामी तयारी अवस्थामा छौं। सरकारले जति बजे, जहाँ बोलाउँछ, हामी त्यहीँ जान्छौं।’

सरकारी वार्ता टोलीका संयोजक एवम् शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली सार्क मन्त्रीस्तरीय बैठकमा दिउँसो २ बजेदेखि ४ बजेसम्म सहभागी हुने कार्यक्रम रहेकाले त्यसपछि मात्रै वार्ता बस्ने तयारी गरिएको छ।

डा. केसीले आमरण अनशन सुरु गरेको २४ औं दिनमा सरकारले बुधबार शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन्।

सरकारले वार्ता टोली घोषणा गरेलगत्तै डा. केसी पक्षले पनि डा. जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए। उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो। उनी हाल त्रिवि शिक्षण अस्पतालको कोठा नं ५०१ मा छन्।

लामो समयदेखिको अनशनका कारण डा. केसीको स्वास्थ्य गम्भीर हुँदै गएको डा. क्षेत्रीले जानकारी दिए। डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक, स्वास्थ्यकर्मी र नागरिकस्तरबाट दबावमुलक कार्यक्रमलाई निरन्तरता दिइएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै