Logo

बुधवार, कार्तिक १२ गते २०७७

कोरोनाकै समयमा व्यापारी सँग अक्टुबर ३० मा बिहे गर्दै काजल

कोरोनाकै समयमा व्यापारी सँग अक्टुबर ३० मा बिहे गर्दै काजल


कोरोनाकै समयमा व्यापारी सँग अक्टुबर ३० मा बिहे गर्दै काजल

काठमाडौँ । साउथ चलचित्रकी सफल तथा चर्चित नायिका काजलले बिहे गर्ने तयारी गरेकी छिन्। कोरोना कहर चलिरहेको समयमा काजलले बिहे गर्न लागेको जानकारी सामाजिक संजाल मार्फत दिएकी छिन्।

कजलले अक्टुबर ३० मा बिहे गर्न लागेकी हुन्। उनले, व्यापारी गौतम किचलुसँग बिहे गर्न लागेको जानकारी दिएकी छिन्।

काजलले सामाजिक संजालमा उल्लेख गरे अनुसार, बिहे समारोहमा थोरै मात्र पाहुनाको उपस्थिती हुनेछ। दुई परिवारका सदस्य मात्र उपस्थित हुने बिहे समारोहलाई सामान्य बनाउने तयारी गरिएको छ।

काजलले यो महामारीको समयमा पनि आफूहरुले खुशीको पल सुरु गर्न लागेको भन्दै सबै जना यो खबरले खुशी हुने आशा व्यक्त गरेकी छिन्।

साउथ चलचित्रमा सफल नायिकाको पहिचान बनाएकी काजलले बलिउड चलचित्र ‘सिंघम’मा काम गरेपछि चर्चा पाएकी थिइन्। उनको सुन्दरताको चर्चा पनि खुबै हुने गर्दछ।

काजलले १६ बर्ष अगाडि चलचित्र करिअर सुरु गरेकी थिइन्। साउथ र बलिउड चलचित्रमा काम गरेर सफलता पाएकी काजलको करिअर बैबाहिक जीवनपछि कसरी अगाडि बढ्छ, यो भने खुलाइएको छैन।

कामना न्यूज

  • बिहिवार, आश्विन २२ २०७७०८:०४:३८
सम्बन्धित समाचार
विशेष सबै