Logo

बुधवार, कार्तिक १२ गते २०७७

स्थगित परीक्षा मङ्सिर दोस्रो साताबाट सञ्चालन हुने

स्थगित परीक्षा मङ्सिर दोस्रो साताबाट सञ्चालन हुने


स्थगित परीक्षा मङ्सिर दोस्रो साताबाट सञ्चालन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायले गत चैतमा स्थगित स्नातकोत्तर तहको परीक्षा मङ्सिर दोस्रो साताबाट सञ्चालन गर्ने भएको छ।

गत चैत ७ गतेदेखि स्थगित स्नातकोत्तर तह द्वितीय तथा चौथो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिरमा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी मानविकी तथा सामाजिक विज्ञानको डीन कार्यालयले जानकारी दिएका छन्।

यसका साथै स्नातक तहको विभिन्न सेमेस्टरको परीक्षा पुस पहिलो साताबाट सञ्चालन गरिने जानकारी डीन प्रा.डा. कुसुम शाक्यले विज्ञप्तिमार्फत जनाएको छ। विश्वविद्यालयले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन गर्ने जिम्मा डीन कार्यालयलाई दिएपछि परीक्षा कार्यतालिका सार्वजनिक गर्न थालिएको हो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै