Logo

बुधवार, कार्तिक १२ गते २०७७

विपिनको ‘सेल्फी किङ’ ट्रेन्डिङमा

विपिनको ‘सेल्फी किङ’ ट्रेन्डिङमा


विपिनको ‘सेल्फी किङ’ ट्रेन्डिङमा

काठमाडौँ । भर्सटायल अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ युट्युवमा रुचाइएको छ। हलमा राम्रो दर्शक पाउन नसकेको फिल्मले युट्युवमा भने भ्युअर्स पाइरहेको छ। 
ओएसएआर नेपालले २ अक्टोबर अर्थात ४ दिन अगाडि आफ्नो अफिसियल च्यानलबाट सार्वजनिक गरेको फिल्मले अहिलेसम्म १० लाख बढी दर्शक भ्युअर्स पाउँदै युट्युवको २ नम्बर ट्रेन्डिङमा कब्जा गर्न सफल भएको छ। 

फिल्ममा अभिनेता विपिनले एक चर्चित ‘सेल्फी किङ’को उपनामले परिचित टेलिभिजन हास्यकलाकारको भूमिका निर्वाह गरेका छन्। उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन्। त्यस्तै, प्रथम अभिनेत्री भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन्।

गत बर्षको माघमा प्रदर्शनमा आएको फिल्म विशाल सापकोटाले निर्देशन गरेका हुन्। फिल्मको कथा पनि उनकै हो। उनको यो निर्देशन डेब्यु फिल्म हो।

दिनेश राउत र सुवास थापाले मिलेर निर्माण गरेको फिल्ममा प्रवल कोइराला र राजेश विसुराल सहनिर्माताको रुपमा रहेका छन्। सुशन प्रजापतिको छायाँकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मलकुमार लामाको कोरियोग्राफी छ। 

 

कामना न्यूज

  • बुधवार, आश्विन २१ २०७७०१:५४:२७
सम्बन्धित समाचार
विशेष सबै