Logo

बुधवार, कार्तिक १२ गते २०७७

दाङको घोराही र तुलसीपुर कारागारबाट १७ कैदीबन्दी रिहा

दाङको घोराही र तुलसीपुर कारागारबाट १७ कैदीबन्दी रिहा


दाङको घोराही र तुलसीपुर कारागारबाट १७ कैदीबन्दी रिहा

काठमाडौँ । संविधान दिवसको अवसरमा दाङको घोराही र तुलसीपुर कारागारबाट १७ जना कैदीबन्दी रिहा भएका छन्। तुलसीपुर कारागारबाट ६ जना र घोराही कारागारबाट ११ जना कैदी छुटेका हुन्। 

असल आचरण भएका, नकारात्मक सूचीमा नपरेका र ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीको कैद मिनाहा भएको तुलसीपुर कारागारका जेलर युवराज परियारले जनाए। 

तुलसीपुर कारागारबाट सवारी ज्यान मुद्धाका २ जना, डाँका चोरी मुद्धाका १ र नकावजनी चोरी मुद्धाका ३ जना कैदी बन्दी रिहा भएका हुन्। 

त्यस्तै घोराही कारागारमा २ सय ८७ जना कैदीबन्दीमध्ये ११ जना छुटेको कारागारका जेलर बिष्णुप्रसाद पाण्डेले जानकारी दिए।

कामना न्यूज

  • शनिवार, आश्विन ३ २०७७०४:००:४८
सम्बन्धित समाचार
विशेष सबै