Logo

बुधवार, कार्तिक १२ गते २०७७

प्याजमा कालोबजारी गर्ने ब्यापारी पक्राउ

प्याजमा कालोबजारी गर्ने ब्यापारी पक्राउ


प्याजमा कालोबजारी गर्ने ब्यापारी पक्राउ

काठमाडौँ । प्याजको कालोबजारी गरेको आरोपमा बाराको कलैया उप–महानगरपालिका–१ स्थित खुसी स्टोरका सञ्चालक चन्दन साहलाई प्रहरीले पक्रेको छ। खरिद मूल्यभन्दा दोब्बरमा बिक्री गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले जानकारी दिएका छन्।  

प्याजको कृतिम अभाव देखाएर साहले ४३ रुपैयाँमा खरिद गरको प्याज ८० रुपैयाँमा बेचेका थिए। बिहिबार पक्राउ गरिएका उनलाई कालो बजार तथा केही सामाजिक अपराध ऐन–०३२ अनुसार ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए। 

साह प्याजका होलसेल हुन्। खुसी स्टोरमा लुकाएर राखेको ४ सय ५८ केजी प्याज प्रहरीले बरामद गरेको छ। साह प्याजका होलसेल विक्रेता हुन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै