Logo

बुधवार, कार्तिक १२ गते २०७७

कोरोना अपडेटः विश्वमा सङ्क्रमितको संख्या ३ करोड ३ लाख नाघ्यो 

कोरोना अपडेटः विश्वमा सङ्क्रमितको संख्या ३ करोड ३ लाख नाघ्यो 


कोरोना अपडेटः विश्वमा सङ्क्रमितको संख्या ३ करोड ३ लाख नाघ्यो 

काठमाडौँ । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या ३ करोड ३ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। 
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ५० हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ। यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित २ करोड २० लाख ४६ हजार ४ सय ८८ व्यक्ति कोरोना मुक्त भएका छन्।

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ। हालसम्म अमेरिकामा ६८ लाख ७४ हजार ५ सय ९६ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख २ हजार २ सय १३ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ। दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ। भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५२ लाख नाघेको छ। ब्राजिलमा १ लाख ३५ हजार ३१ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८४ हजार ४ सय ४ जनाको मृत्यु भएको छ। रुस १० लाख ८५ हजार २ सय ८१ सङ्क्रमित सहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ लाख ५० हजार  ९८ जना व्यक्ति सङ्क्रमित छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै