Logo

बुधवार, कार्तिक १२ गते २०७७

सप्तरीमा थप ३८ जना प्रहरीलाई कोरोना पुष्टि

सप्तरीमा थप ३८ जना प्रहरीलाई कोरोना पुष्टि


सप्तरीमा थप ३८ जना प्रहरीलाई कोरोना पुष्टि

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थप ३८ जना प्रहरी कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार साँझको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप ३८ प्रहरीमा संक्रमण देखिएको प्रदेश–२ प्रहरी कार्यालयका १ अधिकृतले जानकारी दिएका छन्।

दश दिनअघि सप्तरीका प्रहरी उपरिक्षक (एसपी) सहित २० जनालाई संक्रमण देखिएको थियो। उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा थप प्रहरीलाई संक्रमण देखिएको हो। शुरुमा प्रहरी उपरिक्षक सहित सिनियर अधिकृतमा लक्षण देखिएपछि पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। सप्तरीमा संक्रमित प्रहरीको संख्या ५८ पुगेको छ।

तीमध्ये २५ जना जिल्ला प्रहरी कार्यालयकै आइशोलेशनमा छन्। अन्यलाई गजेन्द्र नारायण सिंह मेमोरियल अस्पतालको आइसोलेशनमा राखिएको छ। संक्रमित मध्ये ८ जना प्रहरी कोरोना जितेर नियमित ड्युटीमा फर्किसकेका छन्।

कामना न्यूज

  • शुक्रवार, आश्विन २ २०७७०१:१७:४१
सम्बन्धित समाचार
विशेष सबै