Logo

शुक्रवार, आश्विन २ गते २०७७

उपत्यकामा हट्यो बार अनुसार पसल खोल्ने व्यवस्था

उपत्यकामा हट्यो बार अनुसार पसल खोल्ने व्यवस्था


उपत्यकामा हट्यो बार अनुसार पसल खोल्ने व्यवस्था

३१ भदौ, काठमाडौं । उपत्यका प्रशासनले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

यसअघि २४ भदौमा काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको थियो ।
उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत नै राखिएको प्रजिअ दाहालले बताए । उनका अनुसार खुला स्थानमा भिडभाड गर्न भने निषेध नै गरिएको छ ।

प्रशासनले बिहीबार एक सूचना समेत जारी गर्दै खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न निषेध गरिएको भनेको छ । जात्रा, महोत्सव, भोज गर्न पनि निषेध गरिएको छ ।

मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन । बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ ।

सबै प्रकारका सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको छ । त्यसबाहेक अन्य सेवा सुचारु रहने भनिएको छ ।

jillaa.PNG

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा