Logo

आइतवार, आश्विन ४ गते २०७७

बिहीबार सबै अदालतहरुमा बिदा हुने

बिहीबार सबै अदालतहरुमा बिदा हुने


बिहीबार सबै अदालतहरुमा बिदा हुने

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ।

सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो।

सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। सप्तरी जिल्लामा १९७६ सालमा जन्मिएका थिए।

सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गर्न सुरु गरेका थिए। वि सं २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सिंहले सेवा प्रारम्भ गरेका थिए। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रहः नेता खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त