Logo

शनिवार, आश्विन ३ गते २०७७

नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने


नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

काठमाडौँ । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन्। भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो। उनले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्न लागेको जानकारी गराएको हो। आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन्। 

परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन्। उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेलेको थियो। परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य समेत रहेको थियो। अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थिए। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रहः नेता खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त