Logo

शुक्रवार, आश्विन २ गते २०७७

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा


नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो र पाँचकिलोमा आज बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ। सडकका ४ ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टकाअनुसार बिहान ५ः४५ बजेको समयमा ती दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै बिहान ११ः०० बजेदेखि सवारी आवागमन शुरु भएको उनले जानकारी दिए। 

भट्टका अनुसार सो सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुङ्गामा एकतर्फी सडक खुलेको छ। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम शुरु भएको छ। सो सडकखण्डमा सोमबार राति ठाउँठाउँमा पहिरो खसेको थियो। ५ वर्षयताको सबैभन्दा बढी पहिरो खसेको कार्यालयले जनाएको छ। मङ्गलबार दिनभर १६ उपकरण प्रयोग गरेर पहिरो पन्छाइएको थियो।  

कामना न्यूज

  • बुधवार, भाद्र ३१ २०७७०२:१६:५८
सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा