Logo

शुक्रवार, आश्विन २ गते २०७७

२ हजार भाइल रेमडेसिभिर भारतले दियो 

२ हजार भाइल रेमडेसिभिर भारतले दियो 


२ हजार भाइल रेमडेसिभिर भारतले दियो 

काठमाडौँ । भारत सरकारले नेपाललाई कोरोना भाइरसको उपचारका लागि २ हजार भाइल रेमडेसिभिर औषधि उपलब्ध गराएको छ।

मंगलबार भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २ हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरसको संक्रमणबाट गम्भीर भएका बिरामीको उपचारमा केही राहत पुगोस् भन्ने हेतुले उक्त औषधि नेपाललाई हस्तान्तरण गरिएको राजदूत विनयले बताए।

यस्तै भारतले वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधि, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग गरेको थियो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा