Logo

आइतवार, आश्विन ४ गते २०७७

शैक्षिक सत्रमै सक्ने गरी नयाँ पाठ्यक्रम सार्वजनिक, असोज १ गतेबाट भर्ना

शैक्षिक सत्रमै सक्ने गरी नयाँ पाठ्यक्रम सार्वजनिक, असोज १ गतेबाट भर्ना


शैक्षिक सत्रमै सक्ने गरी नयाँ पाठ्यक्रम सार्वजनिक, असोज १ गतेबाट भर्ना

काठमाडौँ । सरकारले असोज १ गतेदेखि भर्ना शुरु गर्ने निर्णय लिएको छ। सरकारको निर्णय लगत्तै शिक्षा मन्त्रालयले चैत्र मसान्तमा नै शैक्षिक सत्र सम्पन्न गर्ने गरी संश्लेषण सहितको पाठ्यक्रम सार्वजनिक गरेको छ। कोरोना भाइरस महामारीका कारण पठन–पाठन ठप्प भएपछि मन्त्रालयले वैकल्पिक सिकाई प्रणालीलाई मान्यता दिँदै आगामी सात महिना शैक्षिक सत्र पुरा गर्ने गरी पाठ्यक्रम तयार पारेको हो।

अनलानईन, रेडियो तथा टेलिभिजनबाट कक्षा सञ्चालन गरेपनि प्रभावकारी नभएपछि मन्त्रालयले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने तयारी सुरु गरेको छ भने पठन पाठन सहज गराउन पाठ्यक्रमलाई २ भागमा विभाजन गरेको छ। विद्यार्थी आफैले पढेर बुझ्न सक्ने नबुझेको शिक्षकलाई सोध्न सक्ने र घरमा पढेर अभिभावकको सहयोग लिन सक्ने गरी पाठ्यक्रम तयार पारिएको छ।

गत चैत्र ६ गते परीक्षा सकेर घरमा नै रहेका करिव ४० लाख विद्यार्थीको शैक्षिक सत्र नै गुम्ने हो कि भन्ने डर भईरहेका बेला मन्त्रालयले पाठ्यक्रम संश्लेषण गरेसँगै यो चिन्ता भने हटेको छ। तर दूरदराजसम्म इन्टरनेट नपुगेको तथा अभिभावकले समय दिन नसक्ने बालबालिकाका लागि भने पठन पाठनमा अझै चुनौति थपेको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रहः नेता खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त