Logo

शुक्रवार, आश्विन २ गते २०७७

नेपालको क्षेत्रफल ४६०.२८ वर्ग किलोमिटर बढ्यो

नेपालको क्षेत्रफल ४६०.२८ वर्ग किलोमिटर बढ्यो


नेपालको क्षेत्रफल ४६०.२८ वर्ग किलोमिटर बढ्यो

३० भदौ, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलद्वारा मंगलबार सार्वजनिक ‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१।२८ वर्ग किलोमिटर रहेको छ ।

पुस्तक लेखक मध्येका एक कोमलचन्द्र बरालका अनुसार पुस्तकमा नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानी बीचमा रहेको लिपु भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा लिपुलेक क्षेत्रको करिब ४६०।२८ वर्ग किलोमिटर भू-भाग समावेश गरिएको छ । यसअघि भन्दै आएको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर क्षेत्रफलमा लिम्पियाधुरा क्षेत्र समेटिएको थिएन ।
सरकारले गत ७ जेठमा सार्वजनिक गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा अनुसार पुस्तक तयार पारिएको हो ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को १९ भदौको बैठकले यो पुस्तकलाई विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने स्विकृति दिने निर्णय गरिसकेको छ ।

पुस्तकमा के छ र?

आफ्नो राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणका लागि विद्यार्थीका साथै आमजनतामा सचेतता र संवेदनशीलताको विकास गर्नु, भूपरिवेष्टित अवस्थिति र संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालको सिमाना जोडिएका छिमेकी मुलुकहरूसँग बेलाबेलामा देखा पर्ने गरेका र भविष्यमा समेत सिर्जना हुन सक्ने सीमा सम्बन्धी विवादहरूको जानकारी राख्ने सहयोगी हुने अभिप्रायले पुस्तक तयार पारिएको शिक्षा मन्त्री पोखरेलले जानकारी दिए । यो पुस्तक सीमा विवादका कारणहरू पहिल्याउने, विवाद समाधानका तरिकाहरूको पहिचान गर्ने, यस सम्बन्धी संवेदनशीलता र उचित दृष्टिकोणको विकास गर्न पनि उपयोगी हुने उनी बताउँछन् ।

पुस्तक समेटिएका मुख्य विषयहरूः

–नेपालको प्राचीन, मध्यकालीन लगायत ई.सं. १८१६ मा भएको सुगौली सन्धिसम्मको नेपालको सिमाना र क्षेत्रफलको विस्तार र सङ्कुचनको ऐतिहासिक सन्दर्भ

–अन्तर्राष्ट्रिय सीमाको अवधारणा, सिद्धान्त, नदी सीमामा उद्गम स्थलको पहिचान, सीमाविवाद, सीमा विवाद हुने कारण र समाधानका उपायहरूको छोटो जानकारी

–नेपालको सीमा निर्धारण, छिमेकी मुलुकहरू चीन र भारतसँगको सीमा सम्बन्ध, सीमा विवाद र समाधानका प्रयासहरू

–नेपाल र भारत बिचको सीमा विवाद रहेका विशेष गरी पश्चिमोत्तर सीमा क्षेत्रका भारतद्वारा अतिक्रमित नेपालका लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको सीमा विवादका कारण, समाधान र यससँग सम्बन्धित ऐतिहासिक, प्रशासनिक र भूराजनीतिक प्रमाणहरू

–नवलपरासी बर्दघाट सुस्तापश्चिम को सुस्ता क्षेत्रको अतिक्रमण सम्बन्धी छोटो जानकारी

–नेपालको अद्यावधिक नक्सा निर्माण अभ्यास र नक्साको परिचय र प्रयोग सम्बन्धी विषयवस्तु

–यस सामग्रीको प्रयोग र कक्षभित्र र बाहिर गरिने क्रियाकलापहरू सम्बन्धी शिक्षकका लागि केही निर्देशन

–सुगौली सन्धिलगायत नेपालको सीमा सम्बन्धी विभिन्न सन्धि सम्झौताहरूको सूची

लिम्पियाधुरासम्म नेपालहो भन्ने केही तथ्य र प्रमाण

पुस्तक सीमा बचाऔँ अभियानका अभियन्ता कोमलचन्द्र बराल, त्रिभुवन विश्वविद्यालयका भूगोलविद् एवम् कार्टोग्राफर शेरबहादुर गुरुङ र भूगोलविद् एवम् पाठ्यपुस्तक लेखक सहप्राध्यापक केशवराज ढकालसहितको कार्यदलबाट र संयोजन पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रेम भट्टराईले लेखेका हुन् ।

सन् १८१६ मा भएको सुगौली सन्धि वि.स. १८७३० को धारा ५ ले काली नदी पश्चिमको भागमा नेपालले दावीगर्ने छैन भनी कालीनदीसम्म नेपालको सिमाना कायम गरेको देखिन्छ । यसबाट कालीनदी सहित सोभन्दा पूर्वको भाग नेपाल रहेको स्पष्ट छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको करिव ५४१।६ ९५४२ व.कि.मि०क्षेत्रफलको नेपाली भूभाग भारतद्वारा अतिव्रmमणमा परेको छ ।

तत्कालीन समयमा प्रकाशित नक्साहरू, जुलाई २२, १९४९ ९वि।सं।२००६ साल साउन ७ गते० मा तत्कालीन नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घको सदस्यताकालागि गरेको अनुरोध पत्रमा उल्लिखित नेपालको नक्सा र विभिन्न समयमा सीमा निर्धारण, जनगणना तथा तिरो तिरेका प्रमाण र आधारहरू, तत्कालीन शासक, प्रशासकहरूका निर्देशन, चिठीपत्र लगायतका दस्तावेजहरू पुस्तकमा समावेश छन् ।

लिम्पियाधुराबाट निस्कने कुटीयाङ्दी भनिने पश्चिमोत्तर शाखा नै वास्तविक कालीनदी हो र सोभन्दा पूर्वको भूगोल नेपालको हो भनी प्रमाणित गर्ने विभिन्न सीमाविद् र अनुसन्धानकर्ताका निष्कर्षहरू‐

(अ) नदी प्रणाली सम्बन्धी नियमानुसार सबैभन्दा लामो र जलाधार क्षेत्र सबैभन्दा धेरै भएको नदी नै मुख्यनदी हुन्छ ।

(आ) भौगोलिक सूचना प्रणाली (Geographic Information System) र दुर‐सम्प्रेक्षण प्रणाली (Remote Sensing)  प्रयोग गरी नदी विज्ञानको विश्लेषण गर्दा‐

 काली, लिपु र टिङ्कर नदीको लम्बाइ क्रमशस् ६६।७८, २४।२१ र २९।९२ कि. मि. रहेको
काली, लिपु र टिङ्कर नदीको जलाधार क्षेत्रको क्षेत्रफल क्रमशस् ७७९।५६, २५३।६४ र ४५७।५५ वर्ग कि।मि। रहेको । यहाँ कालीनदीको लम्बाइ र क्षेत्रफल नजिकका अन्य नदीहरूको भन्दा धेरै रहेकाले यस तथ्यले कालीनदीको मूल पश्चिमोत्तर शाखा नै हो भनी प्रमाणित हुने
नदीको क्रमानुसार र शाखाहरूको सङ्ख्या विश्लेषण गर्दा काली, लिपु र टिङ्कर नदीको क्रमशस् ५, ३, ४ र ११६, २७, ४७ रहेको ।
सन् १९९८ को स्थलगत अध्ययन अनुसार काली र लिपु नदीको बहाव क्रमशस् २२ र ७ घनमिटर प्रति सेकेन्ड ९mघरक० छ । यस तथ्य अनुसार पनि पश्चिमोत्तर शाखाबाट बग्ने नदीको बहाब धेरै भएकाले सोही शाखा कालीनदीको मुहान भएको प्रमाणित तथ्य रहेको पुस्तकमा उल्लेख छ ।

सर्वे अफ इन्डियाले २०७६ कार्तिक १६ गते प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्र पारेपछि त्यसको तीव्र विरोध भएको थियो । आफ्नो अतिक्रमण गरेको विषयलाई नेपालले कुटनीतिक संवादद्वारा समाधान गर्न पटक पटक वार्ताका लागि औपचारिक तथा अनौपचारिक तरिकाले पहल गरेको देखिन्छ । तर भारतले भने नेपालको आव्हानलाई वेवास्ता गर्दै आएको छ ।

संवादको माध्यमबाट सीमा समस्या समाधान गर्न नेपालले गरेको प्रयासलाई भारतले वेवास्ता गरेपछि भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको हो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा