Logo

शुक्रवार, आश्विन २ गते २०७७

भारत कता जादैँ छ, दिनमा लाखौँ संक्रमित देखिदा पनि अर्को हप्तादेखि विद्यालय खुल्ने घोषणा 

भारत कता जादैँ छ, दिनमा लाखौँ संक्रमित देखिदा पनि अर्को हप्तादेखि विद्यालय खुल्ने घोषणा 


भारत कता जादैँ छ, दिनमा लाखौँ संक्रमित देखिदा पनि अर्को हप्तादेखि विद्यालय खुल्ने घोषणा 

काठमाडौँ । भारतमा अर्को सोमबार अर्थात् २१ सेप्टेम्बरदेखि विद्यालयहरु खोल्न लागिएको छ। कोभिड १९ महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु अर्को हप्तादेखि खोल्न लागिएको हो। केन्द्रीय स्वासथ्य मन्त्रालयले विद्यालयमा बालबालिकाहरुको स्वास्थ्यलाई लिएर गाइडलाइन समेत घोषणा गरिसकेको छ।

स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री अश्विनी कुमार चौबेले आइतबार आफ्नो ट्वीटरमा गाइडलाइन समेत सार्वजनिक गरिसकेका छन्। यसअघि अनलाईन कक्षा सञ्चालनमा आएको थियो।

सरकारको उक्त निर्णयसँगै अब छिट्टै विद्यालयहरु पनि खुल्नेछन्। जारी गाइडलाइन अनुसार कक्षा कोठाका बेन्च, डेस्कको व्यवस्थापन पनि परिवर्तन हुनेछ। विद्यार्थीहरू ६ फिटको दुरीमा बस्नेछन्। त्यसकारण बेन्चको दुरी ६ फिटको हुनुपर्नेछ। कक्षामा अन्य क्रियाकलापका समय पनि सामाजिक दुरी कायम गर्नुपर्ने छ।

पढाइको समय शिक्षकरशिक्षिका र विद्यार्थीहरूले मास्क लगाउनुपर्ने छ। विद्यार्थीहरूले एकअर्कामा नोटबुक, स्टेशनरी सेयर गर्न पाउने छैनन्। नयाँ नियमका अनुसार तत्काल सबैलाई बोलाइने छैन। हाल ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई मात्रै स्कुल जाने विकल्प दिइएको छ। स्कुल ती विद्यार्थीका लागि खोलिनेछ जसको अनलाइन शिक्षामा पहुँच छैन।

छिमेकी मुलुकहरूमा विद्यालय खोल्ने तयारी तीव्र रूपमा गरिएपनि नेपालमा भने यसको विकल्प खोजिएको छैन। दशैँअघिसम्म अनलाइन कक्षालाई नै प्राथमिकता दिएर अघि बढ्ने संकेत दिइएको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा