Logo

शुक्रवार, आश्विन २ गते २०७७

चुनाव हारेका वामदेव सांसद निश्चित, अब मन्त्री बन्ने चाहना 

चुनाव हारेका वामदेव सांसद निश्चित, अब मन्त्री बन्ने चाहना 


चुनाव हारेका वामदेव सांसद निश्चित, अब मन्त्री बन्ने चाहना 

काठमाडौँ । दुई वर्षभन्दा लामो कोसिस र पार्टीभित्र ठूलो विवादबीच नेकपा उपाध्यक्ष वामदेव गौतम संघीय संसद्को सदस्य बन्ने निश्चित भएको छ । तर, प्रभावशाली मन्त्रालयसहित सरकारमा गएर काम गर्ने उनको इच्छा भने पूरा हुने सम्भावना क्षीण देखिएको छ । गौतम आफैँले अर्थ मन्त्रालयको जिम्मा लिने इच्छा व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सांसदमा मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय लिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले गौतमलाई राष्ट्रपतिबाट मनोनीत गरिने कोटामा नियुक्तिका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

अब गौतमलाई सांसद बन्न राष्ट्रपतिबाट मनोनयन हुने र शपथ लिने दुई प्राविधिक औपचारिकता मात्रै बाँकी छन् । नेकपाको १८ भदौको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा पठाउने १४ फागुनको निर्णय कार्यान्वयन गर्ने जानकारी दिएपछि गौतमको सिफारिसलाई लिएर चासो थियो । 

१५ भदौमा गौतम आफैँले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी निर्णयअनुसार आफूलाई राष्ट्रिय सभामा पठाउन माग गरेका थिए । तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि गत फागुनदेखि नै राष्ट्रिय सभामा एक सिट खाली छ । त्यही रिक्त सिटमा गौतमको नाम सिफारिस भएको हो । 

गौतम आफैँले राष्ट्रिय सभामा जाने इच्छा व्यक्त गरेपछि खतिवडालाई राष्ट्रिय सभामा पठाएर अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्री ओलीको चाहना रोकिएको थियो । संसद्को सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार खतिवडा पछिल्लोपटक फागुनमा दोस्रोपटक अर्थमन्त्री भएका थिए । राष्ट्रिय सभा सदस्य नभएपछि उनले २० भदौमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । 

गौतमलाई गत १४ फागुनमा नेकपाको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सांसदमा सिफारिसका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । तर, तत्कालीन अर्थमन्त्री डा। खतिवडालाई नै निरन्तरता दिने प्रधानमन्त्री ओलीको योजनाका कारण ६ महिनासम्म सचिवालय निर्णय कार्यान्वयन हुन सकेको थिएन । गत १८ भदौको सचिवालय बैठकमा भने ओलीले आफू गौतमलाई सिफारिस गर्ने पक्षमा रहेको जानकारी गराएको एघार दिनपछि मात्र उनले प्रतिबद्धता कार्यान्वयन गरेका छन् । 

पार्टी एकता बचाउन ‘मध्यमार्गी’ भूमिका खेलेको र पार्टी तथा मुलुकका लागि महत्वपूर्ण योगदान गरेको भन्दै अध्यक्ष ओली र प्रचण्डका साथै वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाललगायत गौतमलाई मनोनीत सांसद बनाउने समझदारीमा पुगेका थिए । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेर विभाजनको डिलमा पुगेको वेला गौतमले गत १३ साउनको स्थायी कमिटी बैठकमा ६बुँदे मध्यमार्गी प्रस्ताव अघि सारेर समाधानको कोसिस गरेका थिए । यो समाचार नयाँ पत्रिकामा छापिएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा