Logo

शुक्रवार, आश्विन २ गते २०७७

आइपीएल खेल्न सन्दीप यूएईमा

आइपीएल खेल्न सन्दीप यूएईमा


आइपीएल खेल्न सन्दीप यूएईमा

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन्। उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर शनिबार यूएईका लागि उडेका हुन्।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। आइपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन्। यस वर्षको आइपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आइपीएल खेल्न लागेका हुन्। आइपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ। सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ। उनलाई दिल्ली क्यापिटल्सले ३२ लाखमा अनुबन्ध गरेको हो। 

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए। नियमित उडान बन्द भएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका हुन्। यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। उनले यसअघि दुईपटक सीपीएल खेलिसकेका छन्।
 
सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो। सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए। उनी सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा