Logo

शुक्रवार, आश्विन २ गते २०७७

तेलुगू फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु

तेलुगू फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु


तेलुगू फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु

काठमाडौँ । साउथ इण्डियन (तेलुगू) फिल्म उद्योगका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट निधन भएको छ।

रेड्डीको आन्ध्र प्रदेशको गुंटूर जिल्लामा मंगलवार ७४ वर्षको उमेरमा निधन भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ। जयप्रकाश कमेडी र क्यारेक्टर कलाकारका रुपमा तेलुगू सिनेमामा निकै चर्चित छन्।

जयप्रकाश रेड्डीले फिल्म ‘ब्रह्मपुत्रुडु’ बाट सन् १९८८ मा फिल्मी करियर सुरुवात गरेका थिए। त्यसअघि उनी प्रहरी सेवामा सब इन्सपेक्टर पदमा कार्यरत थिए।

फिल्मी करियर सुरु गरेपछि उनले प्रेमिचुकुंदम रा, गब्बर सिंह, चेन्नाकेशवारेड्डी, सीथाया र टेम्पर जस्ता लोकप्रिय फिल्ममा यादगार भूमिका निभाएका छन्। रेड्डीले सयभन्दा बढी फिल्ममा काम गरेका छन्। सन् २०२० मा प्रदर्शनमा आएको महेश बाबुको फिल्म ‘सारिलेरु नीकेभवारु’मा उनको अन्तिम अभिनय रह्यो।

रेड्डीको निधनमा आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुले शोक व्यक्त गरेका छन्। साउथ स्टार महेश बाबु, प्रकाश राज, जुनियर एनटिआर लगायत कलाकारले पनि गहिरो शोक व्यक्त गरेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा