Logo

आइतवार, आश्विन ४ गते २०७७

निषेधाज्ञाले गर्दा धादिङका गणेशले भारी बोक्न नपाउँदा घर धान्न पनि सकेनन 

निषेधाज्ञाले गर्दा धादिङका गणेशले भारी बोक्न नपाउँदा घर धान्न पनि सकेनन 


निषेधाज्ञाले गर्दा धादिङका गणेशले भारी बोक्न नपाउँदा घर धान्न पनि सकेनन 

काठमाडौँ । गत बर्षको माघ महिनादेखि नेपालमा उपस्थिति जनाएको कोरोना भाइरस संक्रमणको असर अझै कति भोग्नु पर्ने हो भन्ने अझै अनिश्चित छ। तर यसबीचमा नेपाली समाजले भोगेको पीडा अझ लम्बिने हो भने हाम्रो सामाजिक मूल्य मान्यता नै धराशायी बन्ने सम्भावना प्रबल देखिन थालिएको छ।

अर्कोतर्फ कोरोनाको रोकथामका लागि लकडाउन र निषेधाज्ञालाई नै बलियो ओखती मान्दा अर्थतन्त्रको सबै परिसूचक कमजोर बन्न थालेपछि हरेक गृहणीमाथि भान्साको भार थपिदो छ भने भारी बोकेर घरको भार थामिरहेकाहरुको जीवन कहालीलाग्दो बन्दै गएको छ।

सरकारले पनि कोरोना भाइरसको रोकथामका लागि लकडाउन र निषेधाज्ञा भन्दा अर्को ओखती नदेख्दा यस्ले पारेको असरले हरेक गृहणीको भान्सा कठिन बन्दै गएको छ। हुँदा खाने वर्गको दिनहरु कठिन बनिरहेका छन् भने हुने खानेहरुको भान्सा पनि सहज छैन।

कोरोनाका कारण जारी लकडाउनसँगै धादिङ घर भई काठमाडौँमा भारी बोकेर जीवन धानिरहेका गणेशबहादुर नेपालीले भारी बोक्ने काम पाउन छाडे। महिनाको ४५ सय रुपैयाँ भाडा तिर्न नसक्दा घरबेटीले कोठाबाट निकालिदिए। अनि जीवन धान्न भारी बोक्ने नाम्लो, अहिले भोको पेटमा कसिएको छ। नेपालीलाई लाग्दैछ, रोगले भन्दा भोकले मरिन्छ।
(कार्यक्रम सीधाकुरा जनतासंगबाट)

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रहः नेता खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त