Logo

शुक्रवार, आश्विन २ गते २०७७

‘बालबालिकामा कोरोनाको गम्भीर संक्रमण र मृत्यु दुर्लभ’

‘बालबालिकामा कोरोनाको गम्भीर संक्रमण र मृत्यु दुर्लभ’


‘बालबालिकामा कोरोनाको गम्भीर संक्रमण र मृत्यु दुर्लभ’

काठमाडौँ । बेलायतमा बिहीबार प्रकाशित एक अनुसन्धानले बालबालिकाहरुमा कोरोना भाइरसको गम्भीर संक्रमण दुर्लभ हुने गरेको र कारोना संक्रमणका कारण हुने मृत्यु झनै दुर्लभ रहेको जानकारी दिएका छन्।

यो अनुसन्धान प्रतिवेदन कोरोना भाइरसको संक्रमणका कारण अस्पताल भर्ना गरिएका बेलायतका १ सय ३८ बालबालिकामाथि आधार रहेर तयार पारिएको हो।

उक्त अनुसन्धान प्रतिवेदनका अनुसार अस्पतालमा भर्ना भएका ६ जना बालबालिकाको मृत्यु भएको छ र यो १ प्रतिशत हुन आउँछ।

कोरोनाका कारण मृत्यु भएका ती बालबालिकामा पहिले देखि नै कुनै न कुनै किसिमको गम्भीर समस्या रहेको पाइएको पनि उक्त अनुसन्धान प्रतिवेदनमा उल्लेख रहेको बिबिसीले जनाएको छ।

अनुसन्धान टिमको नेतृत्व गरेका डाक्टर मध्येका १ युनिभर्सिटी अफ लिभरपुलका प्रोफेसर म्यालकम सेम्प्लेले भने ‘निश्चित रूपमा कोभिड–१९ ले बालबालिकामाथि बढी हानी पुर्‍याइरहेको छैन भन्न सक्छौँ।’

उनले भने, ‘यस शोधका अनुसार बालबालिकामाथि कोभिड–१९ को असर गम्भीर रूपमा हुन्छ भन्ने कुरा दुर्लभ छ भने यसका कारण मृत्यु पनि कम छ। यसबाट अभिभावकहरु आफ्ना सन्तान विद्यालय  जाँदा उनीहरूमाथि कुनै खतरा हुँदैन भन्ने कुरामा आश्वस्त हुन सक्छन्।’

कोरोना भाइरस संक्रमणको विश्वव्यापी तथ्या‌ंकले पनि यस महामारीले विश्वमा १ देखि २ प्रतिशत मात्रै बालबालिका र किशोर किशोरीहरु प्रभावित भएका छन्। त्यसमध्ये बालबालिकामा संक्रमणको कुनै लक्षण देखिएको छैन । लक्षण देखिए पनि ती सामान्य छन्।

अनुसन्धानको नतिजा बिएमजेको जर्नलमा प्रकाशित भएको छ। यस शोधमा प्रोफेसर म्यालकमको टोलीले १९ वर्षभन्दा कम उमेरका ६ सय ५१ बालबालिकाहरूको तथ्यांक अध्ययन गरेको थियो।

यस क्रममा उनीहरूले जनवरी १७ देखि जुलाई ३ को समयावधिमा अस्पताल भर्ना भएका बालबालिकाहरूको अध्ययन गरेका थिए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा