Logo

शुक्रवार, आश्विन २ गते २०७७

''तिमी विना यो शहर''

''तिमी विना यो शहर''


''तिमी विना यो शहर''

यो विश्वको विशाल भीड भित्र
तिमी कतै हराईरहेको हौला,
मेरो पूहच र नजर दूवैबाट टाढा ।
कतै होला तिमी मलाइ खवर छैन, 
खवर गर्ने हामीले वाचा गरेकै थिएनौ ।
यसैले कतै कूनै अन्जान शहरमा तिमी,
र यो आफनै भएर पनि विरानो शहरमा म
एकला, एक्लै हराईरहेका छौ, खोजिरहेका छौ।
यो के भएको ?
हामीले भेट्ने वाचा गरैकै थिएनौ
हातमा हात लिएर सपना बूनेकै थिएनौ
यो भीड देखेर वाक्क लाग्न थालिसक्यो
काश, यो भीडमा  तिमी हूदा होत,
यो शहरको कूनै वस्तीमा तिम्रो घर हुदो हो त,
मेरो आंखाको पहूच भित्र ।
तिमीलाई यौटा कूरा भन्ने थिए ।
सायद धेरै कूरा भन्ने थिए ।
यो भन्ने थिए, त्यो भन्ने थिए,
हास्ने थिए फुल फक्रे जस्तै ।
रुने थिए झरीको रात जस्तै ।
तर थाहा छैन तिमीले 
मेरो हासो र रुवाईको के अर्थ लाउनेछौ  ।
पागल ठान्नेछौ या प्रियशी ठान्नेछौ  ।
जेसुकै ठान तिमी,
यो शहर मेरो लागि रमाइलो हुनेथियो ।
कतै टाढाकै वस्तीमा भएपनि तिमी हुदो होत ।

मंजूला राजकर्णिकार

कामना न्यूज

  • मंगलवार, भाद्र ९ २०७७०२:०२:५३
सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा