Logo

शुक्रवार, मंसिर १२ गते २०७७

११ सय वर्ष पुरानो सुनका सिक्का फेला

११ सय वर्ष पुरानो सुनका सिक्का फेला


११ सय वर्ष पुरानो सुनका सिक्का फेला

काठमाडाैँ । पुरातात्विक क्षेत्रमा स्वयम सेवा गरिरहेका युवाले इजरायलको मध्य क्षेत्रमा ११ सय वर्ष पुरानो सुनका सिक्का फेला पारेका छन्।

पुरातात्विक क्षेत्रमा खोजीमा खटिएका युवाले माटोको भाँडोमा राखी गाडिएको ११ सय वर्ष पुरानो ४ सय २५ वटा सुनका सिक्का फेला पारेका छन्।

अधिकांश सिक्कामा रहेको मिति इस्लामिक समयको प्रारम्भिक काल छ। ती सिक्काहरुको तौल ८ सय ४५ ग्राम रहेको छ। सिक्काहरु अब्बासिद कालका हुन्।

सिक्का गाडिएका बेला त्यसको मूल्य अति धेरै थियो। ती सिक्काको मूल्यले शहरमा आलिशान महल किन्न सकिन्थ्यो। ती सिक्का कसका हुन् र त्यहाँ गाडेपछि लिन किन फर्किएनन् भन्ने रहश्यकै विषय छ।

गाड्ने व्यक्तिले ती सिक्का पुनः निकाल्ने ठानेर नै सुरक्षित रुपमा गाडेको देखिने उत्खनन संस्थाका प्रमुखले बताएका छन्।

उत्खनन संस्थामा स्वयम सेवा गरिरहेका ओज कोहेनले सिक्का भेट्टाएका हुन्। उनले भनेका छन्, ‘त्यो सारै उत्कृष्ट समय थियो। मैले भूईँमा खनेर निकाल्दा सारै पातलो पात जस्तो थियो। फेरि हेरेपछि मात्रै थाहा पाएको थिएँ कि ती सुनका सिक्काहरु रहेछन्।’

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 

    सञ्जय पन्थी काठमाडौँ । एउटा लोक कथा छ, ‘एकदेशमा एउटा कौवा रहेछ । उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ । बच्चा पनि कोरले