Logo

शुक्रवार, आश्विन २ गते २०७७

क्यान्सरबाट मृत्यु भएकी महिलाको मलामी गएका ९० % मा कोरोना पुष्टि

क्यान्सरबाट मृत्यु भएकी महिलाको मलामी गएका ९० % मा कोरोना पुष्टि


क्यान्सरबाट मृत्यु भएकी महिलाको मलामी गएका ९० % मा कोरोना पुष्टि

काठमाडौँ । रूपन्देहीको बुटवलमा क्यान्सरबाट मृत्यु भएकी महिलाको मलामी गएका करिब ९० प्रतिशतलाई कोरोना भाइरस संक्रमण देखिएको छ। बुटवल उपमहानगरपालिका ११ की ४९ वर्षीय महिलाको गत १८ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो।

उनी क्यान्सर उपचारका लागि अस्पताल पुगेकी थिइन्। किमोथेरापीको क्रममा हृदयघात भएर मृत्यु भएकी उनको स्वाव परीक्षण नगरी पठादिएको थियो। उनका छिमेकी र नातागोता मलामी गए। उनको दाहसंस्कार गरी आएका देवरलाई केही दिनपछि कोरोनाको जस्तै लक्षण देखिएर जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको थियो।

मृतकका देवरमा कोरोना पोजिटिभ देखिएपछि दाहसंस्कारमा सहभागी सबैको परीक्षण गरिएको थियो। मृतकका देवर नेकपाको कार्यकर्ता भएकाले पार्टी कार्यालय गएका थिए। अहिले पार्टी कार्यालय सिल गरिएको छ।

कोरोना भाइरस मृतक महिलामा थियो कि, उनका देवरबाट अरूलाई संक्रमण भयो भन्ने यकिन हुन सकेको छैन। सो घटनापछि बुटवलमा कोरोना भाइरस समुदायमा भूसको आगो जस्तै फैलिएको स्थानीयबासीले बताएका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा