Logo

शुक्रवार, आश्विन २ गते २०७७

कोरोनाबाट बच्न मास्क लगाउनु आफैमा हानिकारक

कोरोनाबाट बच्न मास्क लगाउनु आफैमा हानिकारक


कोरोनाबाट बच्न मास्क लगाउनु आफैमा हानिकारक

काठमाडौँ । चर्चित कोरोना भाइरस विशेषज्ञले मास्क लगाउनु हानिकारक भएको बताएका छन्। स्वीडेनकाका कोरोना विशेषज्ञ एन्डर्स टेन्गेलले मास्कले मानिसहरुलाई भ्रममा पारेको बताएका छन्।

उनका अनुसार मास्क लगाउनु पर्छ भन्ने धारणाले मानिसहरुमा आफू सुरक्षित छु भन्ने गलत विश्वास दिँदै आएको छ। मास्क लगाउँदा कोरोनाको संक्रमण थप जटिल हुने उनको निचोड रहेको छ।

सरुवा रोग विशेषज्ञ टेन्गेलले भने, ‘मुखमा मास्क लगाउँदा सुरक्षित हुन्छ भन्ने विश्वास खतरनाक छ। यदि, हामी कोरोनाको सन्दर्भमा यो मान्यता राख्छौँ भने।’

टेन्गेल तिनै विशेषज्ञ हुन्, जसले अरुभन्दा भिन्न ढंगले निर्णय गरेँसँगै स्वीडेनले अपेक्षित आर्थिक र मानविय क्षति बेहोर्नु परेन। उनी शुरुदेखि नै लकडाउन र मास्कको प्रयोग अनिवार्य गर्नु पर्ने विश्वव्यापी धारणाको विरोधमा रहँदै आएका थिए। उनका अनुसार मास्क सामान्या अवस्थामा मात्रै सुरक्षित हुन सक्दछ।

‘मास्क लगाएर सुरक्षित छु भन्ने ठान्नु र भिडभाड, सार्वजनिक स्थानमा जानु ठूलो गल्ती हुनेछ,’ उनी भनछन्। मास्क लगाउने सम्बन्धमा उनी भन्छन्, ‘मुखमा मास्क लगाएर यसको संक्रमण कम भएको कुनै तथ्यांक छैन, तथापी संसारका मानिसहरु मास्क लगाइरहेका छन्।’ एजेन्सी

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा