Logo

आइतवार, आश्विन ४ गते २०७७

कार्गिल गर्लः पटकथा बेगर ‘कलात्मक इजाजत पत्र’को सहारा 

कार्गिल गर्लः पटकथा बेगर ‘कलात्मक इजाजत पत्र’को सहारा 


कार्गिल गर्लः पटकथा बेगर ‘कलात्मक इजाजत पत्र’को सहारा 
  • राजु झल्लु प्रसाद 

फ्लाइट लेफ्टिनेन्ट गुन्जन सक्सेनामाथि बनेको बायोपिक ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ १२ अगस्टको सःशुल्क भिडियो स्ट्रिमिङ साइट ‘नेटफ्लिक्स’मा प्रिमियर गरियो। फिल्ममा जान्हवी कपूरले गुन्जन सक्सेनाको भूमिका निर्वाह गरेकी छन् भने गुन्जनको पिताको भूमिकामा अपिल त्रिपाठी देखिएका छन्। यस अलवा फिल्ममा अंगद बेदी, विनीत कुमार, मानव विज र आयाशा रजाको अभिनय कौशल देख्न सकिन्छ। 

पहिले यो फिल्म मार्चबाट चलचित्र घरमा रिलिज हुने बताइएको थियो तर कोरोनाको कारण फिल्म रिलिज डेट परिवर्तन भएर डिजिटल प्लेटफर्म मार्फत रिलिज हुन् पुग्यो। शरण शर्माको निर्देशनमा बनेको यस फिल्मको पटकथा शरण र निखिल मेहोत्राको संयुक्त लेखन हो। 

image (6).png

सन् १९९९ को मे महिना देखि जुलाई महिनासम्म चलेको कारगिल युद्ध (अप्रेशन विजय) दौरान गुञ्जन सक्सेना ४० मिसनमा सहभागी भएकी थिइन्। उनको जिम्मेवारी हवाई गस्तीमार्फत विपक्षी सेनाको आधारकेन्द्र पत्ता लगाउनु एवं  युद्ध मैदानमा घाइते भएका सैनिकको उद्धार गर्नु रहेको थियो। उक्त  सशस्त्र संघर्षमा गुञ्जनले आफ्नो क्षमता र साहस प्रदर्शन गरेर ठूलो वाहवाही कमाइन्। महिलामात्र नभई पुरुषहरूको समेत आदर्श बनिन्।  त्यतिबेला उनी जम्मा २४ वर्षकी थिइन्। यो फिल्मले उनको त्यतिबेलासम्मको संघर्ष र सफलतालाई देखाउँछ, पूरा जीवनकथा भन्दैन। 

युद्ध किन भएको थियो?

यस युद्धको सुरुवाती ‘जड’ भनेको पाकिस्तानको योजनामुताबिक भारत प्रशासित कश्मीरका केही पहाडी उच्च भागमा कब्जा जमाई श्रीनगर– लह राजमार्गमा अवरोध सिर्जना गर्नु थियो। यस सडकमा अवरोध सिर्जना गर्नुको पछाडि पाकिस्तानको प्रमुख रणनीति रहेको बताइन्छ। कारण थियो श्रीनगर–लेह सडक खण्ड हुँदै भारत कश्मीरमा तैनाथ आफ्ना सैनिकहरूलाई सैन्य हतियार एवं खाद्यान्न पुर्याउने गर्दथ्यो। सोही बाटो नै अवरोध पुर्याएपछि भारत कश्मीर समस्यामा पाकिस्तानसँग ‘बातचित’ गर्न राजी हुनेछ भन्ने मनाशय पाकिस्तानको रहेको थियो। यसको अलवा सियाचिन मुद्धा पनि यस सशस्त्र संघर्षको प्रमुख कारक थियो।

भारतीय वायू सेनाको आपत्तिः

रिलिज भएलगत्तै विवादमा तानिएको यस फिल्मलाई मिश्रित प्रतिक्रिया मिलिरहेको छ। एकतर्फ ‘धडक’ बाट लोकप्रियता कमाएकी गुन्जन सक्सेनाको भूमिकामा देखिएको जान्हवीको अभिनय कौशलको प्रशंसा भइरहेको छ भने अर्कोतर्फ भारतीय वायूसेनाको छवि बिगारेको भन्दै फिल्मप्रति आपत्ति साँधिएको छ। स्वयम् भारतीय वायु सेनाले आपत्ति प्रकट गर्दै फिल्मका विरुद्ध कारवाहीको माग गरेको छ। 

भारतीय वायूसेनाका प्रवक्ताले बीबीसीलाई बताएअनुसार, ‘भारतीय वायूसेनाले फिल्म गुन्जन सक्सेनाको केही दृश्यहरूमा आपत्ति जनाएको छ। फिल्ममा संस्थान र संस्थाको काम गर्ने शैली लैंगिकता आधारमा भेदभावपूर्ण रहेको देखाइएको छ। यस किसिमको गलत चित्रणको विरुद्ध हामी बोलेका हौँ।”

तर भारतीय वायूसेनाको यसकिसिमको आपत्ति फिल्म रिलीज भएलगत्तै किन? के उनीहरूलाई फिल्म रिलिज हुनुपूर्व फिल्मबारे बताइएको थिएन?

प्रवक्ताले भने, “विल्कुल देखाइएको थियो, त्यतिबेला नै हामीले आफ्नो चिन्ता एवं आपत्त्ति बताएका थियौं। तर फिल्म रिलिज भएर आइसक्दा पनि हामीले सम्बोधन गरेको समस्याहरू समाधान भएको भेटिएन। कुनै पनि सुधार बिना नै फिल्म रिलिज गरिएको छ।

कार्गिल गर्लः गुन्जन सक्सेना के भन्छिन्?

भारतीय वायूसेनाले आपत्ति जनाएको एकदिन पछि नै रियल लाइफ गुन्जन सक्सेनाको तर्फबाट बयान जारी गरिएको छ।

image (7).png

गुन्जन सक्सेनाले फिल्ममा देखाइएको भन्दा फरक विचार राख्दै आफ्नो अनुभव साझा गर्दै भनेकी छन् कि उनले अफिसर्स, सुपरभाइजर् एवं कमाण्डिङ अफिसर्सबाट भरपूर सहयोग मिलेको थियो।

गुन्जनले एक प्रश्नको जवाफमा भनिन्, “भारतीय वायूसेना नै फिल्मको आधारभूत तत्व हो र धड्कन पन”, उनले अगाडि भनिन्, “यो भारतीय वायूसेनाको ट्रेनिङ एवं संस्कार नै हो जसले मलाई अतुलनीय कामहरू गर्न साहस दियो, आँट दियो। यसैकारण जे–जति मबाट हुनसक्थ्यो, त्यो मैले गर्न सकें। भारतीय वायूसेनाको महान परम्परा र मुल्यले  मलाई मात्र नभएर यस संस्थामा आबद्ध अलग(अलग विभागमा कार्यरत महिला अधिकारीहरूलाई हौसला एवं प्रेरणा दिइरहेको छ।”

फिल्ममा जान्हवी कपूरले शौचालय, चेन्ज रुम एवं पुरुष अधिकारीहरूको रुढीवादीको परम्परा लगायतका कारण भोग्नुपरेको समस्यालाई ‘फोकस’ मा राखेर देखाइएको छ।

फिल्म रिलिज हुनुपूर्वका दिनहरूमा जब बीबीसीले गुन्जन सक्सेनाको सोधेको थियो तब उनले भनेकी थिइन्, “त्यस समय वायूसेनामा महिला पाइलटको संख्या निकै कम थियो । मभन्दा अगाडिको ब्याचमा ६–७ महिला अफिसर्सहरू थिए। जब म एकेडेमी पुगे, त्यहाँ इन्फास्ट्रक्चर थियो किनभने महिलाहरूलाई वायूसेनालाई लिन थालिएको दुई वर्ष भइसकको थियो। महिलाका लागि आवश्यक सम्पूर्ण सुविधाहरू तयार भइसकेको थियो तर जब हामी उधमपुर बेस पुग्यौं, म अनि मेरो ब्याचमेट श्री विद्या, तब हामी पहिलो महिला पाइलट थियौं जो पहिलोपटक त्यस बेसक्याम्प या युनिटमा पुगेका थियौं। उधमपुरको बेस क्याम्पमा इन्फास्ट्रक्चर तयार हुनमा केही समय लाग्यो। हो, त्यतिबेला हामीले एडजस्ट गरेका थियौं। तर त्यो यस्तो कदापी थिएन कि सम्हाल्न नै नासिकियोस् या कष्टप्रदायक होस् किनभने हाम्रो ट्रेनिङ नै त्यसैगरि भएको थियो कि हामी सब कुरासँग जुध्नको लागि हरहमेशा तयार थियौं।” 

र, कुरा रह्यो बुधबार रिलिज भएको फिल्मको, त्यहाँ गुन्जन सक्सेनाको ब्याचमेट श्री विद्याको कुनैपनि संलगनता देखाइएको छैन। जबकी श्री विद्या उधमपुर बेसमा गुन्जनको साथमा नै थिइन्। 

अब अगाडि के होला?

फिल्मका केही दृश्यहरूलाई लिएर भारतीय वायू सेनाले आपत्ति जनाएको भएतापनि फिल्म निर्माताहरूले भने हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।  

भारतीय वायूसेनाले जनाएको आपत्तिलाई हवाला दिँदै रिपोर्टसले बताएको छ कि सेन्सर बोर्डमा गुनासो दर्ता गरिएको छ। फिल्म ओभर द टप मिडिया सर्भिस ९ओटीटी प्लेटफर्म०मा रिलीज भएका कारण सेन्सर बोर्डले यसमा कुनैप्रकारको हस्तक्षेप नगर्ने सम्भावना बढी छ। हालसम्म ओटीटी प्लेटफर्म सेन्सर बोर्डको अधिन आएको छैन।

eee.jpg

के फिल्मले रचनात्मकता (कलात्मक इजाजत पत्र)को आधारमा छुट पाउन सक्छ?

लगभग सबै फिल्महरू जस्तै यस फिल्म पनि अस्वीकारनामा (डिस्क्लेमर)को साथ सुरु भएको छ। तर यस फिल्ममा थप अर्को अस्वीकारनामा देखिएको छ। 

दोस्रो डिस्क्लेमरमा सफासाफ लेखिएको छ कि यो फिल्म  फ्लाइट लेफ्टिनेन्ट गुन्जन सक्सेनाको जीवनका घटनाहरूमा आधारित छ। यस फिल्म निर्माण गर्दा फिल्म निर्मंताहरूले ‘कलात्मक इजाजत पत्र (क्रियटिभ लिबर्टी)’ लिएका छन्। ‘सिनेम्याटिक एक्सप्रेशन्स’को लागि नाटकीयताको सहारा लिइएको छ। 

कलात्मक इजाजत पत्रअनुसार कलात्मक उद्देश्यको लागि तथ्य वा सत्यतामा विचलन ल्याउन पाइन्छ। यसले व्याकरण वा भाषाको सम्मेलनको परिवर्तन, वा पूर्व अवस्थित पाठको पुनःलेखन गर्न पाउँछ।

अब यहाँ प्रश्न उठ्दछ कि प्रेरणाको नाममा कति छुट लिन पाउने?

यस सम्बन्धमा वरिष्ठ समीक्षक अजय  ब्रह्मात्मजले भनेका छन्, “कुनै पनि फिल्म रचनात्मकताको आधारमा कति छुट लिन सक्दछ यसबारे कुनै मानक त तय भएको छैन तर यो निश्चित गर्न सकिन्छ कि यस फिल्मले प्रेरणाको नाममा केही ज्यादा नै स्वतन्त्राको भोकाधिकार गरेको छ। त्यो पनि एक यस्तो संस्थालाई लिएर, जो देशको गौरवसँग जोडिएको छ।”

उनी भन्दछन्, “फिल्ममा जुन किसिमले पुरुष एवं महिलाबीचको भेदभावलाई देखाइएको छ, त्यसलाई देखेर कुनै पनि राय बनाउनुपूर्व यो सम्झन आवश्यक छ कि यो सुरुवाती दिनहरूको समय थियो जब भारतीय वायूसेनाले महिलाहरूको लागि आफ्नो ढोका खोलेको थियो। भारतीय वायू सेनाको यहि कदम पर्याप्त छ कि उसले महिला–पुरुष भेदभाव खत्तम गर्ने उद्देश्यले महिलाहरूको भर्ती सुरु गरेको थियो। यसमा थप चर्चा–परिचर्चा आवश्यक नै छैन।”

फिल्मले के छुटायो?

फिल्मले गुन्जन सक्सेनालाई केन्द्रमा राख्दा त्यस समयमा प्रशासनिक एवं अदालती तहमा समानान्तर रूपमा चलिरहेका विभिन्न माग, सम्बोधन तथा निर्णयहरूलाई पटकथा भाँती बुन्न सकेको छैन। घरायसी खिँचातानी र अनावश्यक अवास्तविक दृष्यहरूलाई मसला भाँती देखाइरहनु जरुरत थिएन।

सन् १९९२ मा भारतमा सर्ट सर्भिस कमिसन (एसएससी)ले  महिलालाई पनि आर्म्ड फोर्स आउने ढोका खोली १० वर्षसम्म सेवा गर्न सक्ने व्यवस्थाको सुत्रपात गर्यो। सन् २००६ मा आएर यसलाई ४ वर्ष थपेर १४ वर्षको सेवा अवधि तोकिएको थियो। तर त्यतिखेर पेन्सनको व्यवस्था गरिएन। यसको लागि ठूलो आवाज उठ्यो।  पेन्सनको लागि २० वर्ष सेवा गर्नुपर्थ्यो, जुन महिलाहरूको लागि दिइएको थिएन।

सन् २०१० मा दिल्ली हाइकोर्टद्वारा पर्मानेन्ट कमिसन (समयावधि बढाएर २० वर्ष पुर्याउन) र पेन्सनको व्यवस्था गर्नको प्रस्ताव जारी गरियो जुन  सन् २०१५ पारित भयो । त्यसलगत्तै एयर फोर्सले फाइटर प्लेन महिलाहरूको लागि खुला गर्यो। सन् २०१८ जुलाईमा अवानी चतुर्वेदी, भावना कान्थ र मोहना सिंहले पहिलो महिला कमब्याट पाइलटको रूपमा ऐतिहासिक जीत आफ्नो नाम गरे। उनीहरू भारतको प्रथम तीन फाइटर पाइलट बन्न सक्षम भए।

यद्यपपि आज पनि कमब्याट फिल्डको नेतृत्वको तहमा महिलालाई अझै बन्चित गरिएको छ, यसको कारणमा महिलाप्रतिको समाजको धारणा र रुढीवाद जडित कैयन दुराभावहरू कारक तत्वको रुपमा देखिन्छ। उदाहरणको रुपमा यसअघिका अनेकन सरकारी निर्णयलाई किनारा लगाएर  आएको भारतीय सर्वोच्च अदालतको फेव्रुआरी, २०२० को निर्णयले पनि यो बताएको छ कि युद्धको अग्रभाव (कमब्याट पोजिसन)मा एक महिला नेतृत्व गर्न सक्षम छैन। सुरक्षा र सतर्कताको कारण बताउँदै यो पद महिलाको लागि होइन भनेर उसले ठाडै स्वीकारेको देखिन्छ।

अन्त्यमा, भारतीय सैन्य क्षेत्रमा ९ हजार बढी अफिसर्स र करिब ७० हजार जवानहरूको खाँचो रहेको बताइन्छ। गुन्जन सक्सेना एंव श्री विद्याबाट प्रेरणा लिएर महिलाहरूले यस खाँचोलाई परिपूर्ति गर्न सकेको खण्डमा फिल्म सफल हुनेछ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रहः नेता खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त