Logo

शुक्रवार, मंसिर १२ गते २०७७

‘नेपाली स्याटलाइट–१’ प्रयोगविहीन, लिन सकिएन सूचना तथा जानकारी

‘नेपाली स्याटलाइट–१’ प्रयोगविहीन, लिन सकिएन सूचना तथा जानकारी


‘नेपाली स्याटलाइट–१’ प्रयोगविहीन, लिन सकिएन सूचना तथा जानकारी

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन। नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा हालसम्म यसले आफ्नै कार्यालयबाट जानकारी लिन नसकेको हो।

नाष्टले उचित रेडियो खरिद प्रक्रियामा समय खर्च गरिरहेकाले आफ्नै सूचना प्रवाह गर्ने माध्यमबाट भू–उपग्रहको सूचना र तस्वीर लिन ढिलाइ भएको प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए। उनले भने, ‘हामीले ‘नेपाली स्याट–१’ बाट प्रवाह हुने सम्पूर्ण जानकारी हासिल गर्न सदस्य देशहरुसँग समन्वय गरी अघि बढिरहेका छाँै । यो रेडियो उपकरण अन्य देशमा नरहेको तर अफ्रिकी मूलुकबाट ल्याउनुपर्ने भएको छ ।’ नाष्टले भूटान, जापान, बङ्गलादेश आदिको भूउपग्रहसँग दैनिक समन्वय गरी सूचना र तस्वीर लिने काम गरिरहेको ढकालले बताए ।

नाष्ट कार्यालयमा हाल भएको रेडियोले सूचना प्रवाह गर्न नसकेको, रेडियो सङ्केतमा फ्रिक्वेन्सी म्याचिङ नभएको र पुरानो ढाँचाको रेडियो आवश्यक भएको तर पुरानो ढाँचाको रेडियो उपकरण निर्माण बन्द भएकाले समस्या भइरहेको प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए ।

‘नेपाली स्याट–१’ ले केही समयअघि जापानबाट पहिलो पटक सूर्य र पृथ्वीका साथै चीन र भारत सीमा तस्वीर पनि कैद गरिसकेको बताइएको थियो। अमेरिकास्थित भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट १५ महिनाअघि ‘नेपाली स्याट–१’ का साथै श्रीलङ्काको भूउपग्रह ‘रावण–१’ र जापानको भू–उपग्रह ‘युवुसु’ पनि एकैसाथ प्रक्षेपण गरिएको थियो । ती भू–उपग्रह पृथ्वीबाट ४०० किलोमिटर माथि अन्तरिक्षमा रहेका छन् । नेपालीस्याट–१ भू–उपग्रहबाट हरेक जानकारी हासिल गर्न पाँच मेगा पिक्सलको क्यामेरा जडान गरिएको छ । नेपाल सरकारले सन् २०१७ देखि उक्त भू–उपग्रह निर्माणको योजना अघि बढाएको थियो ।

विसं २०७६ वैशाख ४ गते प्रक्षेपण गरिएको सो नेपाली स्याट–१ ले करिब दुई महिनापछि असार २ गतेदेखि पृथ्वीको परिक्रमा शुरु गरेको थियो । पृथ्वीको परिक्रमा गर्नुपूर्व सो भूउपग्रह डेढ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रह्यो । उक्त भूउपग्रह पहिलोपटक पृथ्वीमा छाडिएको दिन नाष्टको श्रोतागण कक्षमा जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा) ले प्रत्यक्ष प्रसारण गरेको थियो । सो दिन नाष्टमा प्रत्यक्ष प्रसारण गराउन जाक्साका केही विज्ञ पनि नेपाल आएका थिए ।

संयुक्त राष्ट्रसङ्घले सो भू–उपग्रह निर्माणका लागि स्पेस टेक्नोलोजी इञ्जिनियरिङमा विद्यावारिधि गरेका आभाष मास्के र नेपालको इलेक्ट्रिकल तथा कम्युनिकेशन इञ्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठलाई जापानको ‘वर्ड–थ्री’ परियोजनाअन्तर्गत छात्रवृत्तिसहित विभिन्न व्यवस्थापनमा सहयोग गरी नेपालको विकासमा ठूलो योगदान पु¥याएको छ । ‘नेपाली स्याट–१’ नामक भू–उपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकम चिह्न अङ्कित छ ।

सो भू–उपग्रह प्रक्षेपण भएपछि पहिलो चरणमा भूटान अनि नेपाललाई जानकारी दिइएको नाष्टका अन्तरिक्षयान प्रविधि ९एरोस्पेस० इञ्जिनीयर मिलनकुमार न्यौपानेले जानकारी गराउनुभएको थियो । तीनवटै भू–उपग्रह २० मिनेटको अन्तरमा नेपाल, श्रीलङ्का र जापान गरी क्रमैसँगै प्रक्षेपण भएका थिए । एक किलो ३०० ग्राम तौल तथा एक हजार घनत्व आकार भएको भू–उपग्रहमा छ वटा ब्याट्री जडान गरी सूर्यको तापबाट चल्ने बनाइएको नाष्टले जनाएको छ ।

नेपालले पहिलो पटक प्रक्षेपण गरेको सो भू–उपग्रहले नेपाली जनशक्ति निर्माण, उनीहरुको क्षमता विकास, अन्तर्राष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा मानिसको उपस्थिति र उत्साही युवाको पहुँचको दृष्टिले अघि बढ्न सहयोग पुग्ने बताइएको छ ।

वास्तवमा एउटा भूउपग्रहले सबै काम गर्न सक्छ तर नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह ‘न्यानो’ स्याटलाइट भएकाले यसबाट वातावरण परिवर्तन, शहरी क्षेत्रको व्यवस्थापन, शैक्षिक अध्ययनन र अनुसन्धानमा मात्र जोड पुग्ने देखिन्छ । नेपाली वैज्ञानिकका अनुसार ‘नेपाली स्याट–१’ले एक पटक पृथ्वीको परिक्रमा गर्न ९० मिनेट लगाउँछ । विश्वमा लगभग ४० हजार भू–उपग्रह निर्माण भयो भने पूरै पृथ्वीको परीक्षण गर्ने माध्यमको पूर्णता हुनेछ ।

भू–उपग्रहले सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । यसको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुने बताइएको छ । नाष्टको ग्राउण्ड स्टेशनबाट सङ्कलन गरेको तस्वीर व्यावसायिक काममा त्यति प्रयोग गर्न नमिल्ने नाष्टका वैज्ञानिकको भनाइ छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 

    सञ्जय पन्थी काठमाडौँ । एउटा लोक कथा छ, ‘एकदेशमा एउटा कौवा रहेछ । उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ । बच्चा पनि कोरले