Logo

शुक्रवार, मंसिर १२ गते २०७७

चीनमा एकैवर्ष १ हजार ३ सय १० किलोमिटर रेलवे विस्तार

चीनमा एकैवर्ष १ हजार ३ सय १० किलोमिटर रेलवे विस्तार


चीनमा एकैवर्ष १ हजार ३ सय १० किलोमिटर रेलवे विस्तार

बेइजिङ। चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४ सय किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ।

राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ ।

कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ रेलवेको चल सम्पत्तिमा ९ अर्ब ६७ करोड अमेरिकी डलर लगानी गरिएको जनाएको छ । पछिल्लो समय चीनले ठूला र मध्यम क्षमताका रेलको विस्तारमा बढी लगानी गरेको छ ।

रेलसेवाको विस्तार र सुधारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ११।३ प्रतिशतले बढी खर्च गरिएको कर्पोरेसनले जनाएको छ ।

पहिलो सात महिनाको अवधिमा एक हजार ३१० किलोमिटर नयाँ रेलवे लाइन शुरु भएको छ जसमा ७३३ किलोमिटर उच्च गतिको रेलवे समेत रहेको कर्पोरेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 

    सञ्जय पन्थी काठमाडौँ । एउटा लोक कथा छ, ‘एकदेशमा एउटा कौवा रहेछ । उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ । बच्चा पनि कोरले