Logo

शुक्रवार, आश्विन २ गते २०७७

उपत्यकाको ढलमा फेला पर्यो कोरोना भाइरस

उपत्यकाको ढलमा फेला पर्यो कोरोना भाइरस


उपत्यकाको ढलमा फेला पर्यो कोरोना भाइरस

काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ। उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो।

सेन्टर फर मलिकुलर डायनामिक्स नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको बताइएको छ । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो।

अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यका अनुसार अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ।

‘नेपालमा पनि संक्रमणको दर बढ्दै जाँदा हामीले ढलको स्याम्पल ल्याएर अनुसन्धान गर्यौं, जसबाट चार ठाउँमध्ये दुई ठाउँमा कोभिड १९ को भाइरस रहेको फेला पार्यौं,’ डाक्टर कर्मचार्यले भने ।

उनले थपे, ‘कुनै एक जना व्यक्तिको दिसा ल्याएर परीक्षण गरिएको होइन्, पूरै वस्तीको ढलको नमूना ल्याइएको हो, पूरै वस्तीका मानिसमध्ये जसलाई पनि संक्रमण हुन सक्छ ।’

यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डाक्टर कर्मचार्य बताउँछन् ।

‘यस्तो अध्ययनले संक्रमण फैलिएको क्षेत्र थाहा भइहाल्छ, त्यो थाहा पाएपछि पहिला दीर्घरोगी, वृद्धहरु र जोखिम समूहका मानिसलाई प्राथमिकता दिएर परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘यसो गर्दा राज्यको धेरै किट, जनशक्ति, स्रोत र खर्च बच्छ ।’

प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको उनले बताए । ‘हामी अझै धेरै ठाउँको ढलको नमुना परीक्षण गरेर विस्तृत अध्ययन गर्छौं,’ उनले भने ।

जनस्वास्थ्य वैज्ञानिक समिरमणी दीक्षितले भने, ‘अब हामी ललितपुरको वडा–वडाको अनुसन्धान गर्छौं ।’

यो अध्ययनको नतिजाले तीन वटा महत्वपूर्ण सन्देश दिएको जनस्वास्थ्य वैज्ञानिक दीक्षित बताँछन्।

पहिलो– समुदायमा संक्रमण छरछैन भन्ने अलमलको अन्त्य ।

दोस्रो– यति धेरै केसहरु हुँदा पनि अधिकांश संक्रमितलाई लक्षण नभएको सकरात्मक पाटो ।

तेस्रो– सतर्कता अपनाउनको लागि विश्वसनीय संकेत ।

 

कामना न्यूज

  • शनिवार, आषाढ २० २०७७११:०९:५१
सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा