Logo

शुक्रवार, मंसिर १२ गते २०७७

यी २५ देश जो कोरोना मुक्त भएः जहाँ एउटा पनि एक्टिभ केस छैन

यी २५ देश जो कोरोना मुक्त भएः जहाँ एउटा पनि एक्टिभ केस छैन


यी २५ देश जो कोरोना मुक्त भएः जहाँ एउटा पनि एक्टिभ केस छैन

काठमाडौँ । विगत ५ महिना अघिदेखि संसार कोरोना भाइरस (कोभिड– १९) को कहरसँग जुधिरहेको छ । संसारभरिमा लाखौँ मानिसले कोरोना भमइरसका कारण ज्यान गुमाइसकेका छन् । तर, संसारभरिका यस्ता २५ देश छन् जो पूर्ण रुपमा संक्रमण मुक्त भइसकेका छन् । संसारका लागि यो राम्रो खबर हो । यी देशमा कोरोना भाइरसका एउटा पनि एक्टिभ केस छैन । यो सूचीमा हालै न्यूजिल्याण्ड समावेश भएको छ । यहाँ कोरोना भाइरसका अन्तिम रोगी सोमबार स्वस्थ भएर घर फर्किएका छन् ।

स्मरण रहोस्, कोरोनाभाइरसले हालसम्म ४ लाख बढीको मृत्यु भइसकेको छ भने ७३ लाख बढी संक्रमित भइसकेका छन् ।

यी २५ देशमा कोरोनाभाइरसका एउटा पनि एक्टिभ केस छैन । यद्यपि, यी देशले अहिले पनि सुरक्षाका उपाय पालना गरिरहेका छन् । यी देश कोरोनामुक्त हुँदा अन्य देशले आफ्नो लडाईंलाई थप प्रभावकारी बनाउनका लागि प्रोत्साहित पनि गरेको छ ।

कोरोनामुक्त भएका देशहरूः

– न्यूजिल्याण्ड

– पपुआ न्यू गिनी

– सेशेल्स

– फिजी

– त्रिनिनाड एण्ड टोब्यागो

– लाओस

– भेटिकन सिटी

– ग्रिनल्याण्ड

– मकाउ

– मोन्टेनेग्रो

– इरिट्रिया

– ब्रिटिश भर्जिन आइल्याण्ड

– फल्कल्याण्ड आइल्याण्ड

– सेन्ट पियरे मिक्वेलन

– अङ्ग्वेलिया

– सेन्ट बार्थ

– क्यारिबियन नेदरल्याण्ड

– मोन्टसेराट

– टकर्स एण्ड साइकोज

– सेन्ट किट्स एण्ड नेविस

– तिमोर लेस्टे

– फ्रेन्च पोलेनेशिया

– अरुबा

– फाइरो आइल्याण्ड

– आइले अफ म्यान

कामना न्यूज

  • बुधवार, जेठ २८ २०७७०९:०२:२५
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 

    सञ्जय पन्थी काठमाडौँ । एउटा लोक कथा छ, ‘एकदेशमा एउटा कौवा रहेछ । उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ । बच्चा पनि कोरले