Logo

शुक्रवार, आश्विन २ गते २०७७

‘ड्युटीमा छु साँझ फोन गर्छु भनेर परिवारलाई ढाँटेको छु’– कोरोना संक्रमित सुरक्षाकर्मी

‘ड्युटीमा छु साँझ फोन गर्छु भनेर परिवारलाई ढाँटेको छु’– कोरोना संक्रमित सुरक्षाकर्मी


‘ड्युटीमा छु साँझ फोन गर्छु भनेर परिवारलाई ढाँटेको छु’– कोरोना संक्रमित सुरक्षाकर्मी

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी पनि जोखिममा रहेको भन्दै वैशाख २७ गते नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र कृष्णनगर नगरपालिका कर्मचारीसहित ५० जनाको कोभिड–१९ जाँच गर्न स्वाब संकलन गरी पठाइयो । स्वाब दिएर पनि सुरक्षाकर्मीहरू निरन्तर सीमामा ड्युटीमा खटिएका थिए । कुनै लक्षण नहुँदा कोरोना लागेको होला भन्ने शंका पनि थिएन ।

वैशाख ३० गते साँझ ८ बजेतिर खाना खाएर बसेको बेला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपशम्सेर राणाको फोन आयो । कृष्णनगरमा ८ जनामा कोरोना पोजेटिभ देखिएकाले सतर्क रहनुहोला भनेर जानकारी दिइयो । एसपी सा’पले दिएको अनपेक्षित जानकारीले सबै छक्क परे ।

सोही राति नै संक्रमितहरूलाई तौलिहवाको तिलौराकोटको क्याफेमा ल्याएर राखिएको छ । सबै छुट्टाछुट्टै कोठामा छन् ।

कोरोनाविरुद्धको काममा ‘फन्टलाइन’मा रहेका सुरक्षाकर्मी दिनहुँ शंकास्पद, संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका हुन् । सुरक्षाकर्मी सहित स्वास्थ्यकर्मी पनि जोखिममा छन् ।

संक्रमित व्यक्ति विगत १६ दिनदेखि सोही भवनमा आइसोलेसनमा बसेका छन् । संक्रमितमध्ये एक प्रहरीले भने, ‘कोरोना त देखियो तर अहिलेसम्म कुनै लक्षण देखिएको छैन । हामीलाई अहिलेसम्म चिकित्सक भेट्न त के टेलिफोनमा समेत कस्तो छ भनेर सोधेका छैनन् ।’ हालसम्म कुनै औषधि पनि खाएका छैनन् ।

‘हामी सबै आइसोलेसनमा छौँ । घरबाट फोन गरेर सुरक्षाकर्मी पनि संक्रमित भए को हुन् भनेर सोध्छन् । खै अरु कोही होलान्, हामीलाई थाहा छैन । ड्युटीमै छु । काम गरिरहेको छु । भीडभाड छ । साँझ फोन गर्छु भनेर श्रीमती र परिवारलाई ढाँटेको छु,’ उनले भने । आफूलाई संक्रमण भएपनि परिवारलाई जानकारी दिएर तनाव दिन नहुने उनको बुझाइ छ ।

उनले थपे, ‘हामी ५ जना एकै ठाउँमा बसेकाले कसैले पनि आ–आफ्नो परिवारलाई आफूहरू संक्रमित भएको जानकारी दिएका छैनौं । परिवारलाई थप पीडा हुन्छ । तनाव हुन्छ । सावधानी अपनाउँदा–अपनाउँदै पनि कोरोना सर्‍यो ।’

कपिलवस्तुपछि बारा र अन्य पूर्वी तराईका जिल्लामा कार्यरत सुरक्षाकर्मी पनि संक्रमित भएका छन् । सीमामा काम गर्ने सुरक्षाकर्मीलाई राज्यले कुनै पनि व्यक्तिगत सुरक्षाका उपकरण नदिँदा जोखिम मोलेर काम गर्नुपर्ने बाध्यतामा छन् । उनी भन्छन्, ‘न पीपीई दिन्छन्, न मास्क न सेनिटाइजर केही पनि दिँदैनन् । सरकारले हामी जोखिम मोलेर ‘हाई रिक्स’मा काम गर्ने सुरक्षाकर्मीलाई आफू जोगिएर काम गर्ने उपकरणको व्यवस्था गर्नुपर्छ ।’

 

कामना न्यूज

  • शनिवार, जेठ १७ २०७७०९:५२:२३
सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा