Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

बेलायतस्थित म्यानमारका राजदूतलाई प्रवेश दिइएन आफ्नै दूतावासमा

बेलायतस्थित म्यानमारका राजदूतलाई प्रवेश दिइएन आफ्नै दूतावासमा


बेलायतस्थित म्यानमारका राजदूतलाई प्रवेश दिइएन आफ्नै दूतावासमा

बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेश रोकिएको छ।

फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुचीलगायतको रिहाइ माग गरेका राजदूत मिनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई  दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको बताएका छन्।

उनले यसलाई पनि सैनिक कूको निरन्तरता भनेका छन्। दूतावासका अरू कर्मचारीहरू भित्रै रहेका बेला आफूलाई घन्टौंसम्म पनि प्रवेश नदिइएको उनले बताए। स्रोतलाई उद्धृत गर्दै सिएनएनले सैनिक सहचारीले दूतावासलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ।

'यसबारे प्रतिक्रिया लिन खोज्दा दूतावासको फोन नउठेको र इमेलमा पनि जवाफ आएन,’ सिएनएनले भनेको छ।

बुधबार राजदूत मिनको समर्थनमा केही मानिसहरूले दूतावासअगाडि प्रदर्शनसमेत गरेका थिए।

एजेन्सी

 

कामना न्यूज

  • बिहिवार, चैत्र २६ २०७७०९:५२:५३
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा