Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

आमिरको ‘लाल सिंह चड्डा’मा तीन सय बढी कलाकार

आमिरको ‘लाल सिंह चड्डा’मा तीन सय बढी कलाकार


आमिरको ‘लाल सिंह चड्डा’मा तीन सय बढी कलाकार

 बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को अन्तिम सेड्यूलको तयारी पुरा भएको छ । फिल्ममा ६० अन्य कलाकारको सहभागिता हुनेछ ।

दैनिक भास्करमा प्रकाशित समाचार अनुसार पुरा फिल्ममा तीन सय बढी कलाकार हुनेछन् । फिल्म युनिट यो समयमा प्रमुख अभिनेता आमिर खानको प्रतिक्षा गरिरहेको छ ।

फिल्म सम्बद्ध स्रोतका अनुसार फिल्मको अन्तिम भागको सुटिङ कारगिलमा हुनेछ । जहाँ इन्डो–पाकको कारगिल युद्धको सिक्वेन्स छायांकन गरिनेछ ।

फिल्ममा लालसिंह चड्डाका साथ युद्धमा सहभागिता जनाउनका लागि सेनाको एक टुकडी पनि हुनेछ । जसका लागि ५० देखि ६० जना कलाकारको कास्टिङको काम गरिएको छ ।

फिल्ममा सिनियर अफिसरको भूमिका मानव विजले निभाउदैछन् । फिल्ममा आमिरको साथीको भूमिकाका लागि दक्षिण भारतीय कलाकार नागा चैतन्यसँग कुराकानी भइरहेको छ ।

यसअघि यो भूमिकामा विजय सेथुपतीलाई भनिए पनि उनको व्यस्तताका कारण समय दिन सकेका थिएनन् ।

फिल्ममा विजयको स्थानमा नयाँ कलाकार राख्नका लागि आमिरले आफ्नो टिमलाई तीन समूहमा बनाई बंगाल, तमिलनाडु र आन्ध्रप्रदेश अडिसनका लागि गएका थिए ।

फिल्ममा आमिर पञ्जाबी गेटअपमा देखिनेछन् ।

कामना न्यूज

  • बुधवार, चैत्र २५ २०७७१२:१७:३६
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा