यतिबेला भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । गएको केही दिनमा रणवीर कपूर, आलिया भट्ट, अक्षय कुमार, परेश रावल, विक्की कौशल, भूमि पेडनेकर, कटरीना कैफ लगायतका कलाकारहरु कोरोनाको चपेटामा परेका छन् । एकपछि अर्का कलाकार कोरोना संक्रमित हुन थालेपछि अरु कलाकारहरुले कोभिड नियमको सही तरिकाले पालना गरिरहेका छन् ।
यस्तैमा अभिनेत्री करीना कपूरले आफ्ना प्रशंसकहरुलाई मास्क लगाउन र स्वास्थ्य सुरक्षाका विधा अपनाउन आग्रह गरेकी छन् । तर, यतिबेला उनले लगाएको मास्क चर्चाको विषय बनेको छ । किनकि, उनले लगाएको मास्क महंगो मुल्यको हो । हालै उनले कालो मास्क लगाएको एक तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छन्, ‘यो कुन प्रपोगन्डा होइन, अनिवार्य मास्क लगाउनुस् ।’
करीनाले लगाएको मास्कमा सेतो अक्षरमा ‘एलभी’ लेखिएको छ । यो मास्क एक सिल्क पाउचसँग पाइन्छ । ‘एलभी’ ब्रान्डको वेबसाइटमा यो मास्कको मुल्य अमेरिकी ३५५ डलर उल्लेख छ । भारतको करेन्सीमा यो मास्कको मुल्य २६ हजार र नेपालमा ४१ हजारभन्दा बढी हुन्छ । २१ फेब्रअरीमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी करीना काममा फर्किसकेकी छन् ।
नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा