काठमाडौँ- दीपाश्री निरौला, सरोज खनाललगायत सेलिब्रेटीको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्।
प्रहरीको साइबर अपराध ब्युरोले पर्साको बहुदरमाई नगरपालिका-५ का ती किशोरलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार ती किशोरले फेसबुक अकाउन्ट ह्याक गरि त्यससँग जोडिएका साथीहरुसँग पैसा माग्ने गरेका थिए।
‘पैसा मागेको देखिन्छ तर कसैले पैसा दिएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन’, ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए। उनका अनुसार विभिन्न कलाकारको फेसबुक अकाउन्ट ह्याक गर्ने यी नै किशोर हुन्। हालसम्म चार जना कलाकारले जाहेरी दिएका छन्।
‘१४ वर्षको किशोर भएकाले अन्य व्यक्तिको पनि संलग्नता हुने सक्ने आशंकामा अनुसन्धान भइरहेको छ’, एसएसपी अर्यालले भने।
नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा